कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ « Khabarhub

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन पक्षबाट सहमतिका लागि कुनै पनि प्रस्ताव नआएको स्पष्ट पारेको छ । बाहिर चर्चामा आएजस्तो संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्ने दाबीमा कुनै सत्यता नभएको सचिवालयले जनाएको हो ।

डा. कोइरालाको सचिवालयले एक प्रेस नोट जारी गर्दै उक्त हल्लालाई ‘मनगढन्ते, कपोलकल्पित र भ्रामक’ भन्दै त्यस्तो सूचनाको भ्रममा नपर्न पार्टी पंक्ति र आम नागरिकलाई आग्रह गरेको छ । उक्त प्रस्तावबारे नेता कोइराला र उनको सचिवालयलाई अहिलेसम्म कतैबाट पनि कुनै जानकारी प्राप्त नभएको स्पष्ट पारिएको छ ।

पार्टीको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपश्चात संस्थापन र इतर समूहबीच खासै संवाद हुन नसकेको सचिवालयको दाबी छ । महाधिवेशनपछि नेता कोइराला र नेताद्वय प्रदीप पौडेल तथा कांग्रेस सभापति गगन थापाबीच मात्र दुई पटक भेटवार्ता भएको सचिवालयले कार्यतालिकासहित सार्वजनिक गरेको छ ।

सचिवालयका अनुसार गत २०८२ चैत २२ गते प्रदीप पौडेल र २०८३ वैशाख २२ गते सभापति गगन थापाले नेता कोइरालालाई उनको विशालनगरस्थित सचिवालयमै पुगेर भेटेका थिए । “त्यसभन्दा पछाडि कोही कसैसँग कुनै पनि संवाद र सम्पर्क भएको छैन,” कोइरालाको सचिवालयले स्पष्ट पारेको छ । विशेष महाधिवेशनपछि कांग्रेसभित्र नयाँ समीकरणको कसरत भइरहेका बेला इतर समूहको यो स्पष्टीकरणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ९ : ४५ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)