कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ « Khabarhub

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ


२७ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन पक्षबाट सहमतिका लागि कुनै पनि प्रस्ताव नआएको स्पष्ट पारेको छ । बाहिर चर्चामा आएजस्तो संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्ने दाबीमा कुनै सत्यता नभएको सचिवालयले जनाएको हो ।

डा. कोइरालाको सचिवालयले एक प्रेस नोट जारी गर्दै उक्त हल्लालाई ‘मनगढन्ते, कपोलकल्पित र भ्रामक’ भन्दै त्यस्तो सूचनाको भ्रममा नपर्न पार्टी पंक्ति र आम नागरिकलाई आग्रह गरेको छ । उक्त प्रस्तावबारे नेता कोइराला र उनको सचिवालयलाई अहिलेसम्म कतैबाट पनि कुनै जानकारी प्राप्त नभएको स्पष्ट पारिएको छ ।

पार्टीको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपश्चात संस्थापन र इतर समूहबीच खासै संवाद हुन नसकेको सचिवालयको दाबी छ । महाधिवेशनपछि नेता कोइराला र नेताद्वय प्रदीप पौडेल तथा कांग्रेस सभापति गगन थापाबीच मात्र दुई पटक भेटवार्ता भएको सचिवालयले कार्यतालिकासहित सार्वजनिक गरेको छ ।

सचिवालयका अनुसार गत २०८२ चैत २२ गते प्रदीप पौडेल र २०८३ वैशाख २२ गते सभापति गगन थापाले नेता कोइरालालाई उनको विशालनगरस्थित सचिवालयमै पुगेर भेटेका थिए । “त्यसभन्दा पछाडि कोही कसैसँग कुनै पनि संवाद र सम्पर्क भएको छैन,” कोइरालाको सचिवालयले स्पष्ट पारेको छ । विशेष महाधिवेशनपछि कांग्रेसभित्र नयाँ समीकरणको कसरत भइरहेका बेला इतर समूहको यो स्पष्टीकरणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ९ : ४५ बजे

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व