एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण « Khabarhub

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेशन’ को प्रमाणीकरण पाएको छ ।

कम्पनीका अनुसार यो प्रमाणीकरणले एनसेल डाटा सेन्टरको डिजाइन रेटिङ थ्री को मापदण्डअनुसार रहेको पुष्टि गर्दछ, जसले अत्यावश्यक र संवेदनशील कार्य सञ्चालन गर्नका लागि समानान्तर रुपमा मर्मत गर्न सकिने उच्च उपलब्धता, उच्च अतिरिक्तता र प्रतिकूलताबाट छिट्टै उठ्ने क्षमताका पूर्वाधार उपलब्ध रहेको सुनिश्चित गर्दछ ।

अधिकतम अपटाइमका लागि डिजाइन गरिएको यो डाटा सेन्टर पूर्वनिर्धारित मर्मत वा आकस्मिक घटनाहरूको समयमा पनि बिना कुनै अवरोध सञ्चालनमा रहन सक्षम छ, र पूर्ण रूपमा अतिरिक्त विद्युत् आपूर्ति, कुलिङ तथा नेटवर्क प्रणालीमार्फत लगभग ९९.९८२ प्रतिशत उपलब्ध रहन्छ ।

यो मूल्यांकन तथा प्रमाणीकरण टेलिकम्युनिकेशन इन्डष्ट्री एसोसिएसन (टीआईए)बाट अधिकार प्राप्त अडिट र प्रमाणीकरण गर्ने संस्था डाटा सेन्टर मिडिया एलएलपीले गरेको हो ।

‘यो प्रमाणीकरण एनसेलका साथै नेपालकै लागि एक कोशेढुङ्गा हो किनकी नेपालबाट डिजाइन एन्ड कम्स्ट्रक्टेड फसिलिटीमा यो टीआईएको प्रमाणीकरण प्राप्त गर्ने एनसेल डाटा सेन्टर पहिलो हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने, ‘हामी विश्वस्तरीय डिजिटल पूर्वाधार उपलब्ध गराउन प्रतिबद्ध छौँ, जसले स्थानीय व्यवसायहरूलाई विस्तार गर्न आत्मविश्वास दिन्छ र सरकारको डिजिटल रूपान्तरणको महत्वकांक्षालाई पनि योगदान पुर्‍याउँछ । विभिन्न संवेदनशील क्षेत्रका ग्राहकहरूले अब नेपालमै होस्ट गरिएका सुरक्षित र सधैँ उपलब्ध सेवाहरूमा भरोसा गर्न सक्छन्, किनकि विश्वसनीयता त्यस्ता व्यवसायहरूका लागि अत्यावश्यक छ जसले सेवा अवरुद्ध हुने अवस्थाको परिकल्पना समेत गर्न सक्दैनन्।’

एनसेल डाटा सेन्टरले सूचना सुरक्षा र गोपनीयता सम्बन्धी उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासका लागि आईएसओ २७००१ र आइएसओ २७७०१ मान्यता पनि प्राप्त गरिसकेको छ, जसले सुशासन, डाटा संरक्षण अनि जोखिम व्यवस्थापन प्रक्रियाहरूलाई थप बलियो बनाउँछ । यसका साथै एनसेलले आईएसओ ९००१ र १४००१ मान्यता पनि प्राप्त गरिसकेको छ । यसले कम्पनी सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्न तथा वातावरणीय प्रभावलाई न्यूनतम राख्न सधैं प्रतिबद्ध रहेको स्पष्ट पार्दछ ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  १ : १५ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड