कोशी प्रदेशको बजेट २ अर्बले बढ्ने « Khabarhub

कोशी प्रदेशको बजेट २ अर्बले बढ्ने


२७ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि चालू आर्थिक वर्षभन्दा करिब २ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ । 

चालू आर्थिक वर्षमा बजेट खर्चको प्रतिशत घटेकाले नगद मौज्दात बढेको र संघीय सरकारले दिने अनुदान रकम पनि बढाएकाले करिब ३८ अर्बको हाराहारीको बजेट आउन सक्ने कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले जानकारी दिए ।

उनले प्रदेश प्रति जनआस्था बढाउने गरी शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधिलाई उच्च प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम ल्याइएकाले सोही क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी भइरहेको बताए ।

संघीय सरकारले ल्याएको बजेटमा शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क र ५० युनिट भन्दा बढी बिजुली खपत गर्नेलाई ५ प्रतिशत भ्याट लगाउने नीति ल्याएपछि प्रदेश सरकारले निम्न मध्यम वर्ग तथा सुकुम्वासीलाई दृष्टिगत गरेर केही राहतका कार्यक्रम पनि ल्याउन लागेको मन्त्री लिङ्थेपले उल्लेख गरे ।

अघिल्लो वर्ष करिब ८० प्रतिशतसम्म बजेट खर्च भएकोमा चालू आर्थिक वर्षमा करिब ७० प्रतिशत मात्र बजेट खर्च हुने अनुमान छ । 

गत वैशाख मसान्त सम्म कोशी प्रदेश सरकारको संचित कोषमा करिब १२ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ नगद मौज्दात रहेको बताइएको छ ।

कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३६ अरब २ करोड २ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  २ : ३१ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने