पोखरा महानगरले गर्‍यो सुकुम्वासी परिवारको जीवन बीमा « Khabarhub

पोखरा महानगरले गर्‍यो सुकुम्वासी परिवारको जीवन बीमा


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुम्वासी तथा न्यून कमाइ भएकाका लागि म्यादी जीवन बीमा कार्यक्रम सुरु गरेको छ । 

आर्थिक अभावका कारण बीमा सेवाको पहुँचबाट टाढा रहेका सुकुम्वासी तथा विपन्न परिवारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यसहित वडाले लिवर्टी माइक्रो इन्स्योरेन्स कम्पनीमा ४४ परिवारको निःशुल्क जीवन बिमा गरिदिएको हो ।

दैनिक जीविकोपार्जनमै सङ्घर्ष गरिरहेका परिवारलाई आकस्मिक दुर्घटना, बिरामी वा मृत्युजस्ता जोखिमबाट हुने आर्थिक क्षति कम गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।
 
विशेषगरी वडाभित्र अस्थायी रूपमा बसोबास गर्ने सुकुम्वासी तथा न्यून आय भएका परिवारलाई लक्षित गरी बीमा सुविधा उपलब्ध गराइएको हो ।

वडाध्यक्ष सन्तोष बास्तोलाले सामाजिक सुरक्षाको पहुँच सबै नागरिकसम्म पुर्‍याउने अभियानअन्तर्गत उक्त कार्यक्रम ल्याइएको बताए । 

‘दुर्घटना वा अन्य अप्रत्यासित घटनाले विपन्न परिवारलाई झन् ठूलो समस्यामा पार्ने गर्दछ । त्यस्ता परिवारलाई न्यूनतम आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले जीवन बिमा कार्यक्रम सञ्चालन गरेका हौँ’, उनले भने ।

म्यादी जीवन बिमा कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति वार्षिक २५० रुपैयाँ बिमा शुल्कमा एक लाखसम्म उपचार सुविधा र बीमित व्यक्तिको मृत्यु भएमा परिवारले एक लाख ५० हजार रुपैयाँसम्म राहत रकम प्राप्त गर्ने व्यवस्था गरिएको छ । 

वडा कार्यालयले यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
 
न्यून शुल्कमा उपलब्ध हुने यो सुविधाले आर्थिक रूपमा कमजोर परिवारलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको वडा सदस्य शान्ति कोइरालाले बताइन् । 

वडाले बिमा कार्यक्रमसँगै लक्षित समुदायलाई जीवन बिमाको आवश्यकता, प्रक्रिया र लाभबारे सचेतना कार्यक्रमसमेत सञ्चालन गरेको छ । 

सहभागीलाई बिमाले आकस्मिक जोखिम व्यवस्थापन, परिवारको भविष्य सुरक्षा तथा आर्थिक स्थायित्व कायम गर्न सहयोग पुर्‍याउने विषयमा जानकारी दिइएको थियो ।
 
बिमा सेवाबाट वञ्चित समुदायलाई सुरक्षाकवच प्रदान गर्ने  भएकाले अन्य वडालाई यस्ता कार्यक्रम सञ्चालन गर्न प्रेरित गर्ने विश्वास गरिएको वडाध्यक्ष बास्तोला बताउछन् ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ३ : ०४ बजे

चीनद्वारा नेपाललाई ३० करोडभन्दा बढी राहत सहयोग, सुरुङ उद्धारका लागि थप प्राविधिक टोली पनि पठाइयो

काठमाडौं– चीन सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका

कृष्णभीरमा सडक भासिँदा कलंकीमै रोकिए ट्रक (तस्बिरहरू)

काठमाडौं– बाढीका कारण काठमाडौं-मुग्लिन सडक खण्डको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं

देश शोकमा : रेखाले रोकिन् ‘माया भनेकै यस्तो होला’को प्रदर्शन, तिहारमा रिलिज हुने

काठमाडौं- रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को

आफ्नै सांसदहरूलाई रविले भने : तपाईंहरूको हर्कत र फोटो देखेर मलाई लाज लाग्यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूको काम

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँ : परराष्ट्र सचिव राई

काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सरकारले भोटेकोशी बाढी प्रभावित