भन्सार छलेका ४१ लाख रुपैयाँ बढीका सामान बरामद « Khabarhub

भन्सार छलेका ४१ लाख रुपैयाँ बढीका सामान बरामद


२७ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मंगलबार खानतलासी गर्दा भन्सार छलेका विभिन्न सामान बरामद गरेको छ । 

सामानहरू लुकाइछिपाई राखिएको सूचनाका आधारमा छापा मार्दा प्रहरीले भन्सार छलेका सामान बरामद गरेको हो । 

सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित कोठहीमाई पथमा रहेको एक व्यापारीको गोदाममा खानतलासी गर्दा भन्सार छलेका ४१ लाख ३२ हजार २२४ रुपैयाँ मूल्य बराबरका विभिन्न सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । 

खानतलासी गर्दा २३ लाख ३२ हजार रुपैयाँ बराबरको ५३ बोरा खरबुजाको बीउ, पाँच लाख ७० हजार २४० रुपैयाँ मूल्य बराबरको ४४ कार्टुन कोलगेट, ११ लाख ३५ हजार रुपैयाँ मूल्य बराबरको २२७ बोरा ओखर, ९५ हजार रुपैयाँ मूल्य बराबरको ३८ बोरा मकै बरामद गरिएको हो ।  

प्रहरीले बरामद गरेका सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ । 
 

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ३ : ०३ बजे

ट्राफिक प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सडकमा

यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ स्थित त्रिशूली नदी

सार्वजनिक मर्यादाविपरीत क्रियाकलाप गर्ने पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा व्यावसायिक

शिक्षकलाई राजनीतिक र राष्ट्रिय भूमिकामा अवसर दिन प्रचण्डको आग्रह

नारायणगढ– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकको अनुभव, क्षमता