‘प्रधानमन्त्री गैर जिम्मेवार बन्नुभयो भन्दैमा प्रतिपक्ष गैर जिम्मेवार बन्दैन’  « Khabarhub

‘प्रधानमन्त्री गैर जिम्मेवार बन्नुभयो भन्दैमा प्रतिपक्ष गैर जिम्मेवार बन्दैन’ 


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री गैर जिम्मेवार बन्दैमा प्रतिपक्षी गैर जिम्मेवार नबन्ने स्पष्टीकरण दिएका छन् । 

प्रतिनिधिसभा बैठकमा विपक्षी दलको तर्फबाट आफ्नो धारणा राख्दै उनले प्रधानमन्त्रीले जनतासँग माफी माग्नुपर्ने बताए ।

जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा आएर नेपालले पनि भारतको भूभाग मिचेको छ भन्ने अभिव्यक्तिप्रति असन्तुष्ट जनाउँदै जनतालाई स्पष्ट जवाफ दिनुपर्ने आङदेम्बेको माग छ ।

‘प्रधानमन्त्रीले स्पष्टरूपमा जनतासँग आएर माफी माग्नुस् कुनै पनि हालतमा नेपालले भारतको भूभाग मिचेको छैन ।’ उनले भने, ‘प्रधानमन्त्री आफ्नो अभिव्यक्तिप्रति गैर जिम्मेवार बन्नुभयो । उहाँ गैर जिम्मेवार बन्दा प्रतिपक्षी पनि गैर जिम्मेवार बन्दैन ।’
 

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ४ : ३० बजे

भोटेकोशीले पढाएको पाठ : नेपाल-चीन-भारत भौगर्भिक सहकार्य

काठमाडौं– सन् २०२६ अगस्ट २६ मा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा

बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा रसुवा बाढी प्रभावितहरूलाई

सरकारले समन्यव नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीको चार

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत्