संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी ! « Khabarhub

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित प्रतिपक्षी दलहरू पछिल्लो एजेन्डामा सजिलै चिसो पानीले नुहाएर शान्त बनेका छन् ।

गत जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाहले सांसदसँगको प्रश्नोत्तरका क्रममा नेपालले पनि भारतको धेरै भूमि मिचेको भनेपछि प्रतिपक्षी आन्दोलित थिए । तर तिनै आन्दोलित प्रतिपक्ष बुधबारबाट शान्त बनेका छन् ।

प्रधानमन्त्रीको भनाइ गम्भीर भएको भन्दै उनले माफी माग्नुपर्ने र भनाइलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने माग राखेका प्रतिपक्षी बुधबार अचानक पछि हटेका हुन् । अब संसद्ले पनि गति लिने छ ।

किन पछि हटे प्रतिपक्षी ?

प्रधानमन्त्री शाहले जेठ १७ गते राखेको भनाइपछि प्रतिपक्षी दलका नेताहरूले संसद्मा बोलेर पनि विरोध गरिरहेका थिए । उता सत्तापक्षले पेलेर जान थालेपछि प्रतिपक्षीले निरन्तर अवरोध गर्दै आएका थिए ।

प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिनुपर्ने र संसद्को रेकर्डबाट हटाउनुपर्ने उनीहरूको अडान थियो ।

यसका साथै, प्रतिपक्षी दलले मंगलबारसम्म पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा पेस गरिसकेपछि आर्थिक विधेयकमा करका दर फेरबदल गरेको भन्दै त्यसको पनि छानबिन गर्नुपर्ने माग गरेका थिए । जसमा केही दलले संसदीय समिति नै माग अघि सारेका थिए ।

प्रधानमन्त्रीको भनाइका कारण विपक्षी दलहरूले संसद् अवरोध गरेकोबीचमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएपछि सोमबार सर्वदलीय बैठक राखे ।

सभापति लामिछानेले आफ्नो भारत भ्रमणको जानकारी गराउँदै बैठकमा प्रधानमन्त्रीको भनाइमाथि उत्पन्न भएको विवादको जवाफ परराष्ट्रमन्त्रीले संसद्मा दिने बताएका थिए। तर, अहिले प्रधानमन्त्री शाहले त्यसबारे दिन नसक्ने बताएका थिए । यसका साथै, उनले आवश्यक परे आफूले पनि जवाफ दिने बताएका थिए ।

प्रधानमन्त्रीले निरन्तर संसद्लाई निरन्तर गरेको बेवास्ताबाट आजित प्रतिपक्षीलाई रास्वपा सभापतिको आग्रहले ढाडस दिएको थियो । निरन्तर आन्दोलित भए पनि प्रतिपक्षीले संख्यात्मक रूपमा संसद्मा निर्णायक हस्तक्षेप गर्न नसक्ने स्पष्ट थियो ।

त्यसैले, उनीहरूले बाहिर एउटा तर्क गरे पनि बुधबार प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाललाई संसद्मा भनाइ राख्न दिए । परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीको भनाइ ‘क्रसबोर्डर अकुपेसन’सँग सम्बन्धित भएको प्रष्ट पारे ।

जुन भनाइलाई प्रतिपक्षी कांग्रेस, एमाले र नेकपाले विरोध जनाएनन् । उनीहरूले संसद्मा प्रधानमन्त्रीले नै सम्बोधन गर्नुपर्ने माग राखेनन्, आफ्नो मुख्य अडान छाडिदिए ।

परराष्ट्रमन्त्री खनालको भनाइपछि संसदलाई नियमित प्रक्रियामा सञ्चालन गर्न खोजेका सभामुख डोलप्रसाद अर्याललाई अन्तिम समयसम्म हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका सांसदहरूले भने विरोध गरिरहेका थिए ।

तर, सभामुख अर्यालले अध्यक्ष साम्पाङलाई बोल्न दिएपछि भने संसद् लामो समयपछि सबैको सहमतिअनुसार नियमित सञ्चालनतिर गएको छ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ७ : १६ बजे

मनिलामा अमेरिका–रुसबीच युक्रेन युद्धबारे उच्चस्तरीय छलफल

मनिला– दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को शिखर सम्मेलनका क्रममा

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

चितवन– चितवनका स्थानीय महिला सुत्केरी सेवाका लागि स्थानीय स्वास्थ्यचौकी, बर्थिङ

शिक्षा मन्त्रीविरूद्ध ‘नेपो बेबी मुर्दावाद’ को नारा, ५ जना पक्राउ (तस्बिरहरू)

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन् ।   त्रिभुवन विश्वविद्यालयको

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

भद्रपुर– अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले आज जग्गाधनी