सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड « Khabarhub

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ । पार्टीको सांगठनिक अवस्था, गत निर्वाचनको समीक्षा तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने उद्देश्यले भेला आयोजना गरिएको हो ।

जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले भेलालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै कर्णालीको आर्थिक–सामाजिक रूपान्तरण र पहिचानको मुद्दा पार्टीको मुख्य प्राथमिकतामा रहेको बताए। वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई आधारभूत तहदेखि नै बलियो बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले उत्पीडित वर्ग र पछाडि पारिएका क्षेत्रका नागरिकको अधिकार सुनिश्चित गर्न कार्यकर्ताहरूलाई गाउँ–गाउँमा पुगेर संगठन निर्माणमा जुट्न निर्देशन दिए ।

कर्णाली प्रदेश इन्चार्ज बलबिर नेपालीले कर्णाली भौगोलिक रूपमा विकट भए पनि राजनीतिक चेतनाका हिसाबले अग्रणी रहेको उल्लेख गर्दै पार्टीका नीति तथा एजेन्डालाई जनतामाझ प्रभावकारी रूपमा लैजान ठोस कार्ययोजना आवश्यक रहेको बताए ।

केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले पार्टीभित्र आन्तरिक एकता, अनुशासन र सक्रियता अभिवृद्धि गरेर मात्र आगामी राजनीतिक चुनौतीहरूको सामना गर्न सकिने धारणा व्यक्त गरिन् ।

त्यसैगरी, केन्द्रीय सदस्य लिला सिजापतीले संगठनलाई जीवन्त र गतिशील बनाउन तल्लो तहका कार्यकर्ता तथा आम जनतासँगको संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

जसपा नेपाल कर्णाली प्रदेश समितिका अध्यक्ष रगबिर मिजारको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रदेशका विभिन्न जिल्लाबाट आएका अगुवा कार्यकर्ताहरूले स्थानीय तहको सांगठनिक अवस्था, चुनौती तथा आगामी रणनीतिबारे आफ्नो धारणा र सुझाव प्रस्तुत गरेका थिए ।

प्रादेशिक नेतृत्वले प्राप्त सुझावलाई समेटेर कर्णालीमा जसपालाई अझ प्रभावकारी राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । भेलामा पार्टीका केन्द्रीय तथा प्रादेशिक नेतृत्वसहित विभिन्न जिल्लाका अगुवा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ८ : ४५ बजे

पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह

इस्लामावाद- पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारले अमेरिका र इरानलाई

३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालय सञ्चालकहरूको माग (संयुक्त विज्ञप्तिसहित) 

काठमाडौं– निजी विद्यालय सञ्चालकहरूका विभिन्न संस्थाहरूले सरकारले लगाउँदै आएको ३

कतारका पूर्वअमिरको निधन

काठमाडौं- कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधन

राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

काठमाडौं– काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि

डुबानमा परेको कीर्तिपुरबाट खरिपाटी लगियो ३१ घरका ८९ सुकुम्वासीलाई

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेपछि