सोलोमोन आइल्याण्डले चीनसँग भएको गोप्य सुरक्षा सम्झौताको पुनरावलोकन गर्ने « Khabarhub

सोलोमोन आइल्याण्डले चीनसँग भएको गोप्य सुरक्षा सम्झौताको पुनरावलोकन गर्ने


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोलोमोन आइल्याण्डका नयाँ प्रधानमन्त्री म्याथ्यु वालेले सन् २०२२ मा चीनसँग भएको गोप्य सुरक्षा सम्झौताको पुनरावलोकन गर्ने घोषणा गरेका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँगै उपस्थित भएको एक पत्रकार सम्मेलनमा उनले यो कुरा बताएका हुन् ।

गत महिना मात्रै निर्वाचित भएका वालेले आफू उक्त चिनियाँ सुरक्षा सम्झौताको विषयलाई लिएर निकै गम्भीर भएको र यसका लागि ‘प्रार्थना तथा व्रत’ समेत बसेको उल्लेख गरे । सोलोमोन आइल्याण्डले अन्य देशहरूसँग गरेका सुरक्षा सम्झौताहरू जस्तै यसको पनि समीक्षा गरिने उनले स्पष्ट पारे ।

वालेको यस भनाइप्रति प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बेइजिङ सोलोमोन आइल्याण्डका नयाँ सरकारसँग सबै क्षेत्रमा व्यावहारिक सहयोग विस्तार गर्न तयार रहेको बताएकी छन् । यसअघिका प्रधानमन्त्री मनस्से सोगाभारेको पालामा भएको यो चिनियाँ सम्झौताले दक्षिण प्रशान्त क्षेत्रमा चिनियाँ सेनाको उपस्थितिका लागि बाटो खोल्न सक्ने भन्दै अस्ट्रेलिया र अमेरिकाले कडा आलोचना गर्दै आएका थिए ।

सोगाभारेलाई दक्षिण प्रशान्त क्षेत्रमा बेइजिङको सबैभन्दा बलियो सहयोगीका रूपमा हेरिन्थ्यो । प्रधानमन्त्री वालेले यो सम्झौतामा गोप्य राख्नुपर्ने सर्तहरू भएकाले आफूले अस्ट्रेलिया भ्रमणमा निस्कनुभन्दा एक दिन अघि मात्र पहिलो पटक यसको प्रतिलिपि हेर्न पाएको खुलासा गरे । यसका लागि आफूले केही प्रमुख पदहरूमा रहेका व्यक्तिहरूलाई समेत हटाउनु परेको र सम्झौताको विस्तृत अध्ययन गर्न बाँकी नै रहेको उनले बताए ।

८ लाख जनसङ्ख्या भएको सोलोमोन आइल्याण्डका लागि अस्ट्रेलिया सबैभन्दा ठूलो दातृ राष्ट्र हो र उसले ऐतिहासिक रूपमा सङ्कटका बेला सोलोमोनलाई प्रहरी सहयोग समेत उपलब्ध गराउँदै आएको छ । तर सन् २०१९ मा सोलोमोन आइल्याण्डले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेर बेइजिङसँग हात मिलाएपछि र सुरक्षा सम्झौता गरेपछि क्यानबेरा र वासिङ्टनसँगको सम्बन्धमा चिसोपन आएको थियो ।

चीन द्रुत रूपमा सोलोमोन टापुको सबैभन्दा ठूलो ऋणदाता बनेको छ र विभिन्न पूर्वाधार विकासका लागि चिनियाँ बैंकहरूबाट लिएको ऋण गत वर्ष मात्रै दोब्बर भएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ६ : ४० बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता