विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल « Khabarhub

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान कायम गरेका छन् ।

मोरक्कोविरुद्धको क्वाटरफाइनल खेलमा गोल गरेसँगै उनले विश्वकप इतिहासमा आफ्नो गोलसंख्या २० पुर्‍याएका हुन् । उनले केवल २० खेल खेल्दै यो अभूतपूर्व उपलब्धि हासिल गरेका हुन् ।

अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा ८ गोल गरिसकेका एम्बाप्पे जारी प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् ।

अर्जेन्टिनी कप्तान लियोनेल मेसीको पनि जारी विश्वकपमा समान ८ गोल नै रहेको छ । यद्यपि, असिस्ट (पास) का आधारमा भने एम्बाप्पे मेसीभन्दा अघि छन् । एम्बाप्पेले ६ खेल खेल्दै ८ गोल र ३ असिस्ट गरेका छन् भने मेसीले ५ खेलमा ८ गोल र १ असिस्ट गरेका छन् ।

विश्वकप इतिहासमै सबैभन्दा कम खेलमा २० गोल गर्ने कीर्तिमान बनाएका एम्बाप्पे फ्रान्सलाई लगातार तेस्रो पटक विश्वकपको फाइनल नजिक पुर्‍याउन निर्णायक बनेका छन्।

किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा गएराति मोरोक्कोलाई २-० ले पराजित गर्दै साविक विजेता फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ५ : ४६ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता