विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल « Khabarhub

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान कायम गरेका छन् ।

मोरक्कोविरुद्धको क्वाटरफाइनल खेलमा गोल गरेसँगै उनले विश्वकप इतिहासमा आफ्नो गोलसंख्या २० पुर्‍याएका हुन् । उनले केवल २० खेल खेल्दै यो अभूतपूर्व उपलब्धि हासिल गरेका हुन् ।

अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा ८ गोल गरिसकेका एम्बाप्पे जारी प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् ।

अर्जेन्टिनी कप्तान लियोनेल मेसीको पनि जारी विश्वकपमा समान ८ गोल नै रहेको छ । यद्यपि, असिस्ट (पास) का आधारमा भने एम्बाप्पे मेसीभन्दा अघि छन् । एम्बाप्पेले ६ खेल खेल्दै ८ गोल र ३ असिस्ट गरेका छन् भने मेसीले ५ खेलमा ८ गोल र १ असिस्ट गरेका छन् ।

विश्वकप इतिहासमै सबैभन्दा कम खेलमा २० गोल गर्ने कीर्तिमान बनाएका एम्बाप्पे फ्रान्सलाई लगातार तेस्रो पटक विश्वकपको फाइनल नजिक पुर्‍याउन निर्णायक बनेका छन्।

किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा गएराति मोरोक्कोलाई २-० ले पराजित गर्दै साविक विजेता फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ५ : ४६ बजे

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र