विश्वकप : रोनाल्डो-रिभाल्डोपछि एम्बाप्पे र डेम्बेलेको नाममा बन्यो दुर्लभ कीर्तिमान « Khabarhub

विश्वकप : रोनाल्डो-रिभाल्डोपछि एम्बाप्पे र डेम्बेलेको नाममा बन्यो दुर्लभ कीर्तिमान


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ मा फ्रान्सेली स्ट्राइकरद्वय किलियान एम्बाप्पे र उस्मान डेम्बेलेले २४ वर्ष पुरानो दुर्लभ कीर्तिमानको बराबरी गरेका छन् ।

एउटै विश्वकपमा ५ वा सोभन्दा बढी गोल गर्ने उनीहरू सन् २००२ यताकै पहिलो राष्ट्रिय जोडी (एउटै देशका दुई खेलाडी) बनेका हुन् ।

यसअघि सन् २००२ को विश्वकपमा ब्राजिललाई च्याम्पियन बनाउने क्रममा लिजेन्ड फरवार्ड रोनाल्डो र रिभाल्डोले यो ऐतिहासिक उपलब्धि हासिल गरेका थिए । उक्त विश्वकपमा रोनाल्डोले ८ र रिभाल्डोले ५ गोल गरेका थिए ।

जारी विश्वकप २०२६ मा फ्रान्सका लागि एम्बाप्पेले ८ गोल गरिसकेका छन् भने डेम्बेलेले ५ गोल गर्दै ब्राजिलियन जोडीको उक्त ऐतिहासिक विरासतलाई पछ्याएका हुन् । फ्रान्स सेमिफाइनल पुगिसकेकाले यो कीर्तीमान तोडिने अनुमान गर्न सकिन्छ ।

विश्वकपको इतिहासमा एउटै टोलीका दुई खेलाडीले ५ भन्दा बढी गोल गरेको यो २४ वर्षपछिको पहिलो अवसर हो । सेमिफाइनल यात्रा तय गरिसकेको फ्रान्सका लागि यी दुई फरवार्डको लय जारी प्रतियोगितामा सबैभन्दा बलियो हतियार बनेको छ ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ६ : ३१ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि