विश्वकप : रोनाल्डो-रिभाल्डोपछि एम्बाप्पे र डेम्बेलेको नाममा बन्यो दुर्लभ कीर्तिमान « Khabarhub

विश्वकप : रोनाल्डो-रिभाल्डोपछि एम्बाप्पे र डेम्बेलेको नाममा बन्यो दुर्लभ कीर्तिमान


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ मा फ्रान्सेली स्ट्राइकरद्वय किलियान एम्बाप्पे र उस्मान डेम्बेलेले २४ वर्ष पुरानो दुर्लभ कीर्तिमानको बराबरी गरेका छन् ।

एउटै विश्वकपमा ५ वा सोभन्दा बढी गोल गर्ने उनीहरू सन् २००२ यताकै पहिलो राष्ट्रिय जोडी (एउटै देशका दुई खेलाडी) बनेका हुन् ।

यसअघि सन् २००२ को विश्वकपमा ब्राजिललाई च्याम्पियन बनाउने क्रममा लिजेन्ड फरवार्ड रोनाल्डो र रिभाल्डोले यो ऐतिहासिक उपलब्धि हासिल गरेका थिए । उक्त विश्वकपमा रोनाल्डोले ८ र रिभाल्डोले ५ गोल गरेका थिए ।

जारी विश्वकप २०२६ मा फ्रान्सका लागि एम्बाप्पेले ८ गोल गरिसकेका छन् भने डेम्बेलेले ५ गोल गर्दै ब्राजिलियन जोडीको उक्त ऐतिहासिक विरासतलाई पछ्याएका हुन् । फ्रान्स सेमिफाइनल पुगिसकेकाले यो कीर्तीमान तोडिने अनुमान गर्न सकिन्छ ।

विश्वकपको इतिहासमा एउटै टोलीका दुई खेलाडीले ५ भन्दा बढी गोल गरेको यो २४ वर्षपछिको पहिलो अवसर हो । सेमिफाइनल यात्रा तय गरिसकेको फ्रान्सका लागि यी दुई फरवार्डको लय जारी प्रतियोगितामा सबैभन्दा बलियो हतियार बनेको छ ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ६ : ३१ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता