मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने « Khabarhub

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ।

अर्धजलाशय (Semi-Reservoir) प्रकृतिको उक्त आयोजना एलिभेट इनर्जीले निर्माण गर्न लागेको हो। कम्पनीले २०७७ सालमै आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरिसकेको थियो भने हाल उत्पादन अनुमतिपत्र प्राप्त गर्ने प्रक्रिया अघि बढाइएको छ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र सम्भाव्यता अध्ययन प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण अर्यालका अनुसार सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन प्राप्त भएपछि आयोजनाको वास्तविक उत्पादन क्षमता अन्तिम रूपमा निर्धारण हुनेछ।

कम्पनीका अनुसार आयोजनास्थलमा प्रारम्भिक काम सम्पन्न भइसकेको छ भने डिजाइन तथा हेडवर्क्ससम्बन्धी अध्ययन हाइड्रोल्याबमा भइरहेको छ। विद्युत्गृहमा चारवटा भर्टिकल एक्सिस पेल्टन टर्बाइन र जेनेरेटर जडान गरिनेछ।

आयोजनाबाट वार्षिक औसत एक हजार ६२९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। उत्पादित विद्युत् ५५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत फुकोट हब सबस्टेशनमा जोडिनेछ।

कम्पनीले सन् २०३३ को अगस्टसम्म आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ।

विद्युत् विकास विभागले वातावरणीय प्रभाव मूल्याङ्कन र सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा सार्वजनिक सूचना जारी गरेको जनाएको छ। आयोजनाको अनुमानित कुल लागत ५५ अर्ब ३३ करोड रुपैयाँ रहनेछ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ६ : ५५ बजे

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव