मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च (तस्बिरहरू) « Khabarhub

मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च (तस्बिरहरू)


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै काठमाडौं हिँडेका मिटरब्याज पीडित धनुषाको ढल्केबर पुगेका छन्। हिजो बिहीबार जनकपुरबाट हिँडेका उनीहरू दोस्रो दिन बिहान ढल्केबर आइपुगेका हुन् ।

मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको आयोजनामा सुरु भएको पैदल ‘न्याय मार्च’ काठमाडौं पुग्ने बताइएको छ ।

मिटर ब्याजविरुद्ध सरकारलाई घचघच्याउन उनीहरू मधेश प्रदेशको राजधानी जनकपुरबाट संघीय राजधानी काठमाडौं पैदल हिँडेका हुन् । उनीहरू बिहीबार जनकपुरधामको तिरहुतियागाछीबाट कार्यक्रम गरेर साँझ ५ बजे हिँडेका हुन् ।

उनीहरू आज धनुषाको महेन्द्रनगरबाट महोत्तरीको बर्दिवासतर्फ अघि बढेका छन्। करिब एक सातामा उनीहरू काठमाडौं पुग्नेछन् । 

सरकारले चार पटक सहमति गरेर पनि कार्यान्वयन नभएपछि दबाबका लागि फेरि काठमाडौं जानुपरेको उनीहरूको भनाइ छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ११ : ५१ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र