गणेश नेपालीको निधनपछि आफन्त आन्दोलनको तयारीमा, शव बुझ्न अस्वीकार « Khabarhub

गणेश नेपालीको निधनपछि आफन्त आन्दोलनको तयारीमा, शव बुझ्न अस्वीकार


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनका आफन्तले आन्दोलनको तयारी गरेका छन् । 

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको उपचारका क्रममा निधन भएपछि उनका आफन्तले आन्दोलनको तयारी गरेका छन्।

 आफन्तले भने, ‘भने हामी शव बुझ्दैनौँ, रोड जाम गर्छौ, अगाडि बढ्छौँ’ ।

जलनबाट गम्भीर घाइते भएका नेपालीको वीर अस्पतालमा उपचार भइरहेको थियो। अस्पताल स्रोतका अनुसार भेन्टिलेटरमा उपचाररत उनको शुक्रबार बिहान ११ः२० बजे निधन भएको हो।

गणेशको मृत्यु भएपछि उनका आफन्तले सरकारले उनीमाथि अन्याय गरेको आरोप लगाउँदै शव बुझ्न अस्वीकार गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै आन्दोलनको तयारी गरिरहेका छन्।

अर्का आफन्त चन्द्रबहादुर शाहीका अनुसार गणेश नेपाली ३–४ वर्षअघि काठमाडौं आएका थिए। उनले किस्तामा मोटरसाइकल खरिद गरी राइड सेयरिङ सेवामा काम गर्दै आएका थिए।

बिहीबार निषेधित क्षेत्रमा मोटरसाइकल रोकेको भन्दै काठमाडौं महानगर प्रहरीले उनलाई रु १० हजार जरिवानाको चिट काटेको शाहीले बताए।

आफन्तले नगर प्रहरी नै घटनाको जिम्मेवार हुनुपर्ने उनको माग छ ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  १२ : ३१ बजे

अवकाशपछि कृषि उद्यम : पूर्व प्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती

डडेल्धुरा– डडेल्धुरामा एक पूर्व प्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार

सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने

काठमाडौं– सरकारले संघीय संसद्मा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या

गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर

गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन

कलाकारको बुझाइ : राज्यले गणेशको हत्या गर्‍यो, सरकारको विकेट झर्‍यो

काठमाडौं– मुगुका गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर कलाकारहरू बालेन्द्र शाह