नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने « Khabarhub

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार श्रृंखलाका सबै खेल काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा आयोजना हुनेछन् ।

यो श्रृंखला स्कटल्यान्डमा सम्पन्न आईसीसीको वार्षिक सम्मेलनका क्रममा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का सचिव देवजित सैकियाबीच भएको भेटवार्ता तथा सहमतिपछि तय भएको हो ।

कार्यतालिकाअनुसार पहिलो खेल डिसेम्बर ९ मा, दोस्रो खेल डिसेम्बर ११ मा र तेस्रो तथा अन्तिम खेल डिसेम्बर १३ मा हुनेछ । भारत ‘ए’ जस्तो बलियो टोलीविरुद्ध घरेलु मैदानमा खेल्न पाउनु नेपाली टोलीका लागि ठूलो अवसर मानिएको छ ।

यसले नेपाली खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव दिलाउनुका साथै अन्तर्राष्ट्रिय स्तरको तयारीमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । नेपाल र भारत ‘ए’ बीच पहिलोपटक हुन लागेको यो टी–२० श्रृंखलाप्रति नेपाली क्रिकेट समर्थकमाझ पनि ठूलो उत्साह देखिएको छ ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ९ : ४२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप