आर्सनलको नजर नयाँ खेलाडीमा: ७५ मिलियन पाउन्डमा गुइमारेस अनुबन्ध « Khabarhub

आर्सनलको नजर नयाँ खेलाडीमा: ७५ मिलियन पाउन्डमा गुइमारेस अनुबन्ध


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

लन्डन – रियाल मड्रिडका ब्राजिलियन विङ्गर भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने प्रयास असफल भएपछि इंग्लिस क्लब आर्सनल अहिले अन्य विकल्पको खोजीमा लागेको छ। स्टार खेलाडीलाई टोलीमा भित्र्याउने आर्सनलको सार्वजनिक प्रयास असफल भए पनि जारी सरुवा बजारमा क्लबले न्यूकासलका कप्तान ब्रुनो गुइमारेसलाई ७५ मिलियन पाउन्डमा अनुबन्ध गर्न सफल भएको छ।

गत सिजन मार्टिन जुबिमेन्डी र भिक्टर ग्योकेरेसलाई अनुबन्ध गरेजस्तै ब्राजिलियन मिडफिल्डर गुइमारेसको आगमनले पनि आर्सनलको टोलीमा प्रतिस्पर्धा र गुणस्तर बढाउने अपेक्षा गरिएको छ।

सरुवा बजारको समयसीमा सकिनुअघि थप नयाँ खेलाडी भित्र्याउने सम्भावनाबारे सोधिएको प्रश्नमा प्रबन्धक मिकेल आर्टेटाले बिबिसीसँग भनेका छन्, “हामी त्यसकै प्रयासमा छौँ। यदि बजारमा टोलीलाई अझ बलियो बनाउन सक्ने सही खेलाडी भेटिएमा हामी नयाँ अनुबन्धका लागि तयार छौँ।”

नयाँ सिजनको सुरुवात नजिकिँदै गर्दा आर्सनलका मुख्य दुई डिफेन्डर जुरियन टिम्बर र विलियम सालिबा चोटका कारण टोलीबाहिर रहने भएका छन्।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ७ : १६ बजे

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले