म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता « Khabarhub

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन्।

मंगलबार बिहान करिब ५:१० बजे हाइड्रोपावर क्षेत्रमा माथिबाट ढुंगासहितको पहिरो खसेको थियो। पहिरोमा पुरिएर ड्युटीमा रहेका स्थानीय ५५ वर्षीय दिपक बरुवाल बेपत्ता भएको म्याग्दी प्रहरीले जनाएको छ।

काममा जाने क्रममा पहिरोसँगै खसेको ढुंगाले लागेर कैलालीको गौरीगंगा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका छन्।

उनको दाहिने हात र दुवै खुट्टामा चोट लागेको र हाल बेनीस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ। घटनालगत्तै भुरुङतातोपानीबाट प्रहरी नायब निरीक्षक मोहन गुरुङको कमाण्डमा खटिएको टोलीले स्थानीयको सहयोगमा बेपत्ता बरुवालको खोजी कार्य जारी राखेको छ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ७ : २४ बजे

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी