नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ? « Khabarhub

नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

टोलीमा युवा खेलाडीको वर्चस्व, शेर मल्ल समेटिए


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा टोलीको प्रदर्शन निराशाजनक रहेपछि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीमा व्यापक फेरबदल गरेको छ। आगामी एसीसी प्रिमियर कपका लागि क्यानले सिनियर टोलीका नियमित र अनुभवी खेलाडीलाई हटाउँदै युवा खेलाडीलाई अवसर दिएको छ।

क्यानको पछिल्लो निर्णय अनुसार टोलीका मुख्य पेसर सोमपाल कामी, अलराउन्डर आरिफ शेख, भीम सार्की, विनोद भण्डारी र नन्दन यादवलाई सिनियर तथा नेपाल ‘ए’ दुवै टोलीबाट बाहिर राखिएको छ। यस्तै, टोलीका नियमित ओपनर कुशल भुर्तेललाई भने सिनियर टोलीबाट घटाएर नेपाल ‘ए’ टोलीमा पठाइएको छ।

नेदरल्यान्ड्समा अपेक्षा अनुसार प्रदर्शन हुन नसकेपछि क्यानले ब्याटिङ र बलिङ दुवै विभागमा युवा अनुहारलाई प्राथमिकता दिएको छ। ब्याटिङतर्फ युवा ब्याटर देव खनाल, सन्दीप जोरा र देब्रेहाते स्पिन अलराउन्डर बसिर अहमदले सिनियर टोलीमा पुनरागमन वा स्थान बनाउन सफल भएका छन्।

यस्तै, घरेलु क्रिकेटमा छाप छाड्दै आएका मिस्ट्री स्पिनर शेर मल्ललाई पहिलो पटक एकदिवसीय राष्ट्रिय टोलीमा समावेश गरिएको छ।

लगातारको फितलो प्रदर्शनपछि क्यानले चालेको यो कदमलाई टोलीभित्र नयाँ सोच, स्वस्थ प्रतिस्पर्धा र भविष्यको दीर्घकालीन तयारीतर्फको कडा संकेतका रूपमा हेरिएको छ।

टिमबाट कुशल भुर्तेल, सोमपाल कामी, भीम सार्की, नन्दन यादव, आरिफ शेख र विनोद भण्डारी आउट भएका छन् ।

टिमबाट सिनियर खेलाडी आउट हुँदा युवा खेलाडी देव खनाल, शेर मल्ल, सन्दीप जोरा र बसिर अहमेदले स्थान पाएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  १० : २३ बजे

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू