नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद « Khabarhub

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद

क्यानले भन्यो-'नेपाली क्रिकेटका लागि अतुलनीय योगदान'


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई कप्तानी कार्यकालमा पुर्‍याएको योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ।

क्यानले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै रोहितको नेतृत्वमा नेपाली क्रिकेटले उल्लेखनीय उपलब्धि हासिल गरेको र ती क्षणहरू नेपालको क्रिकेट यात्रामा सदैव गौरवको रूपमा रहने उल्लेख गरेको छ।

“नेपाल र नेपाली क्रिकेट प्रशंसकको आशालाई बोकेर लगनशीलता, समर्पण र दृढ संकल्पका साथ टोलीको नेतृत्व गर्नुभएकोमा धन्यवाद,” क्यानले भनेको छ, “देश, टोली र खेलप्रतिको तपाईंको प्रतिबद्धता सधैँ प्रेरणादायी रहेको छ।”

क्यानले कप्तानीको जिम्मेवारीबाट अलग भए पनि रोहितले आगामी दिनमा उही भावना, गर्व र समर्पणका साथ नेपाली टोलीको प्रतिनिधित्व जारी राख्ने विश्वास व्यक्त गरेको छ। साथै क्यानले रोहितको योगदानको उच्च सम्मान गर्दै ‘एकपटकको नेता, सधैँको नेता’ हुने उल्लेख गरेको छ।

क्यानले रोहितलाई बिदाइ गर्दै एकदिवसीय कप्तानमा लेगस्पिनर सन्दीप लामिछानेलाई चयन गरेको छ । अब उनको नेतृत्वमा नेपालले आगामी अगष्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप खेल्नेछ ।

हालै नेदरल्याण्ड्समा सम्पन्न आईसीसी विश्वकप लिग–२ मा नेपाली टोलीले खराब प्रदर्शन गरेपछि क्यानले पौडेलको ठाउँमा लामिछानेलाई नयाँ कप्तान चयन गरेको हो ।

यस निर्णयसँगै रोहितले ओडिआई र टी–२० दुवैको नेतृत्व गुमाएका छन् । यसअघि नै क्यानले टी–२० टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीलाई दिइसकेको थियो । सन् २०२२ मा कानुनी विवादका कारण नेतृत्व गुमाएका सन्दीप चार वर्षको अन्तरालपछि पुनः कप्तानका रूपमा फर्किएका हुन् ।

प्रिमियर कपका लागि घोषित टोली

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, डा. इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ८ : ५५ बजे

भोजपुरको फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई

रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्वकप्तान

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ– उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो