नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद « Khabarhub

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद

क्यानले भन्यो-'नेपाली क्रिकेटका लागि अतुलनीय योगदान'


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई कप्तानी कार्यकालमा पुर्‍याएको योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ।

क्यानले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै रोहितको नेतृत्वमा नेपाली क्रिकेटले उल्लेखनीय उपलब्धि हासिल गरेको र ती क्षणहरू नेपालको क्रिकेट यात्रामा सदैव गौरवको रूपमा रहने उल्लेख गरेको छ।

“नेपाल र नेपाली क्रिकेट प्रशंसकको आशालाई बोकेर लगनशीलता, समर्पण र दृढ संकल्पका साथ टोलीको नेतृत्व गर्नुभएकोमा धन्यवाद,” क्यानले भनेको छ, “देश, टोली र खेलप्रतिको तपाईंको प्रतिबद्धता सधैँ प्रेरणादायी रहेको छ।”

क्यानले कप्तानीको जिम्मेवारीबाट अलग भए पनि रोहितले आगामी दिनमा उही भावना, गर्व र समर्पणका साथ नेपाली टोलीको प्रतिनिधित्व जारी राख्ने विश्वास व्यक्त गरेको छ। साथै क्यानले रोहितको योगदानको उच्च सम्मान गर्दै ‘एकपटकको नेता, सधैँको नेता’ हुने उल्लेख गरेको छ।

क्यानले रोहितलाई बिदाइ गर्दै एकदिवसीय कप्तानमा लेगस्पिनर सन्दीप लामिछानेलाई चयन गरेको छ । अब उनको नेतृत्वमा नेपालले आगामी अगष्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप खेल्नेछ ।

हालै नेदरल्याण्ड्समा सम्पन्न आईसीसी विश्वकप लिग–२ मा नेपाली टोलीले खराब प्रदर्शन गरेपछि क्यानले पौडेलको ठाउँमा लामिछानेलाई नयाँ कप्तान चयन गरेको हो ।

यस निर्णयसँगै रोहितले ओडिआई र टी–२० दुवैको नेतृत्व गुमाएका छन् । यसअघि नै क्यानले टी–२० टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीलाई दिइसकेको थियो । सन् २०२२ मा कानुनी विवादका कारण नेतृत्व गुमाएका सन्दीप चार वर्षको अन्तरालपछि पुनः कप्तानका रूपमा फर्किएका हुन् ।

प्रिमियर कपका लागि घोषित टोली

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, डा. इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ८ : ५५ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण