घण्टाकर्ण पर्व मनाइँदै « Khabarhub

घण्टाकर्ण पर्व मनाइँदै


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई गठामङ्गल पनि भनिन्छ ।

परापूर्वकालदेखि नेवार समुदायले मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप आज हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ ।

पर्वको तयारीका लागि आज बिहानै स्नान, घर–आँगन सफा गरी पूजापाठ गरिन्छ । केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली गठामङ्गल नामक राक्षसको प्रतीकलाई घिसार्दै जलाइन्छ ।

गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने परम्परा नेवार समुदायमा रहेको इतिहास एवं संस्कृतिविद् प्रकाश श्रेष्ठ ‘सक्व’ले बताए ।

जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त गर्नुका साथै आर्थिक र भौतिक उन्नतिका लागि घण्टाकर्णको पूजा आराधना कार्यलाई महत्वपूर्ण मानिन्छ ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ११ : ०० बजे

अडानीविरुद्ध अमेरिकामा चलिरहेको घुसखोरी मुद्दा खारेज

न्युयोर्क– भारतीय अर्बपति उद्योगपति गौतम अडानीविरुद्ध अमेरिकामा चलिरहेको घुसखोरी तथा

अवैध नदी उत्खनन गर्नेहरू प्रहरी नियन्त्रणमा

मुस्ताङ– कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र उनीहरूले

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही– सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश पलायनले

२९ गतेको संस्थापन इतर समूहको भेलामा शेखर कोइरालाले सम्बोधन गर्ने

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा

मन्त्रिपरिषद्को बैठक ३ बजे बस्दै

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्को बैठक आज साउन २६ गते