कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते « Khabarhub

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ। भूकम्पपछि सरकारले प्रभावित क्षेत्रमा संकटकालको घोषणा गरेको छ।

कोलम्बियाको भौगर्भिक सेवाका अनुसार छोको प्रान्तलाई केन्द्रविन्दु बनाएर ७.४ म्याग्निच्युडको भूकम्प गएको हो। १०३ किलोमिटर गहिराइमा गएको उक्त भूकम्पको धक्का देशको पश्चिमी भूभागका सयौँ माइलसम्म महसुस गरिएको थियो।

भूकम्पका कारण भत्किएका भवनमा धेरै मानिस फसिरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। दुर्घटनामा परी ४८० भन्दा बढी मानिस घाइते भएको एसोसिएसन अफ क्यापिटल सिटीजले जनाएको छ।

सबैभन्दा बढी क्षति ‘कफी क्षेत्र’ मा पर्ने पेरेइरा शहर र आसपासका इलाकाहरूमा भएको छ। केन्द्रविन्दु नजिकै रहेको सान जोसे डेल पाल्मारमा भने बाटोघाटोमा क्षति पुगे पनि मानवीय क्षति नभएको स्थानीय प्रशासनले जनाएको छ।

हाल प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ११ : १४ बजे

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा