२९ गतेको संस्थापन इतर समूहको भेलामा शेखर कोइरालाले सम्बोधन गर्ने « Khabarhub

२९ गतेको संस्थापन इतर समूहको भेलामा शेखर कोइरालाले सम्बोधन गर्ने


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा डा. शेखर कोइरालाले पनि सम्बोधन गर्ने भएका छन्।

समूहले आगामी २९ गते आयोजना गर्न लागेको भेलामा कोइरालालाई सम्बोधनका लागि निमन्त्रणा गरिएको र उनी कार्यक्रममा उपस्थित भएर सम्बोधन गर्ने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।

‘२९ गतेको भेलामा शेखर दाइलाई सम्बोधनकै लागि निमन्त्रणा छ। उपस्थित भएर सम्बोधन गर्नुहुन्छ,’ थपलियाले खबरहबसँग भने।

यस्तै, पूर्वसभापति शेरबहादुर देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न जाने विषयमा भने हालसम्म कुनै कार्यतालिका तय नभएको थपलियाले बताए।

‘शेरबहादुर दाइलाई एयरपोर्टमा लिन जाने विषयमा चाहिँ कार्यतालिका बनिसकेको छैन,’ उनले भने।

नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत सभापतिमा गगन थापालाई चयन गरेपछि पार्टीभित्रको विवाद थप चर्किएको छ।

पूर्वसभापति देउवासहित कांग्रेसका केही शीर्ष नेताले विशेष महाधिवेशन र त्यसबाट निर्वाचित नयाँ नेतृत्वलाई स्वीकार नगरेको अवस्थामा संस्थापन इतर समूहले आफ्नो शक्ति प्रदर्शन गर्ने उद्देश्यले २९ गते राष्ट्रिय भेलाको तयारी गरेको हो।

यसैबीच, सिङ्गापुरमा रहेका पूर्वसभापति शेरबहादुर देउवा २८ गते दिउँसो १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिएका छन्।

२९ गतेको भेलालाई कांग्रेसभित्र देखिएको पछिल्लो विवाद, विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्व र आगामी राजनीतिक रणनीतिका विषयमा समूहको धारणा सार्वजनिक गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  १२ : ५६ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले