हर्मुज खोल्न जर्मनीको आग्रह « Khabarhub

हर्मुज खोल्न जर्मनीको आग्रह


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघची र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच हर्मुजको जलघाँटीको सुरक्षा, त्यहाँको आवागमन तथा जारी द्वन्द्व अन्त्य गर्ने उपायबारे फोनवार्ता भएको छ ।

वार्ताका क्रममा जर्मनीले सबै जहाजका लागि सुरक्षित तथा स्वतन्त्र आवागमन सुनिश्चित गर्न कुनै सर्तबिना हर्मुजको जलघाँटी खुला राख्न आग्रह गरेको छ ।

इरानी विदेशमन्त्री अराघचीले जलघाँटीमा सुरक्षा कायम गर्न अमेरिकी सैन्य कारबाही रोकिनुपर्ने बताएका छन्। उनले अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी गरेको आरोप लगाउँदै त्यस्तो कारबाही जारी रहेसम्म जलमार्गको सुरक्षा सुनिश्चित गर्न कठिन हुने बताएका हुन् ।

अराघचीले अन्तर्राष्ट्रिय समुदायलाई हर्मुजको जलघाँटी बन्द भए त्यसबाट उत्पन्न हुन सक्ने सुरक्षा तथा आर्थिक असरका लागि अमेरिकालाई जिम्मेवार ठहराउनसमेत आग्रह गरेका छन् ।

जर्मन विदेशमन्त्री वाडेफुलले भने क्षेत्रीय छिमेकी तथा अमेरिकासँग द्वन्द्व अन्त्य गर्ने उपाय खोज्न रचनात्मक रूपमा वार्तामा सहभागी हुन अराघचीलाई आग्रह गरेको बताए । उनले जलघाँटीमा सबै जहाजको आवागमन स्वतन्त्र र सुरक्षित हुनुपर्नेमा जोड दिए ।

हर्मुजको जलघाँटी विश्वको महत्त्वपूर्ण सामुद्रिक व्यापारिक मार्गमध्ये एक हो । यस क्षेत्रको तनावका कारण जलमार्गमा जहाजको आवागमन प्रभावित हुँदा विश्वव्यापी ऊर्जा आपूर्ति र आर्थिक गतिविधिमा असर पर्न सक्ने चिन्ता बढेको छ ।

यसैबीच, इरानको राष्ट्रिय सुरक्षा तथा विदेश नीतिसम्बन्धी संसदीय आयोगले आइतबार पर्सियन खाडी र हर्मुजको जलघाँटीमा क्षेत्रीय सुरक्षा तथा दिगो विकास सुदृढ गर्ने उद्देश्यले रणनीतिक पहलको विस्तृत मस्यौदा पारित गरेको छ ।

इरानी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार आयोगका प्रवक्ता हसन कासकवीले सांसदहरूले सम्बन्धित सरकारी निकाय तथा संस्थाका प्रतिनिधिसँग प्रस्तावित योजनाबारे छलफल गरेको बताए । समितिका सदस्यहरूले सम्बन्धित निकायबाट प्राप्त मौखिक तथा लिखित सुझावको समीक्षा गरेपछि योजनाको सामान्य रूपरेखालाई सर्वसम्मतिले समर्थन गरेका थिए ।

‘हर्मुजको जलघाँटी र पर्सियन खाडीको सुरक्षा तथा दिगो प्रगतिका लागि रणनीतिक कार्य’ शीर्षकको विधेयक प्रस्ताव गत जुलाई १३ मा इरानी संसद्मा औपचारिक रूपमा पेस गरिएको थियो ।

यसअघि शनिबार विदेशमन्त्री अराघचीले ओमानसँग हर्मुजको जलघाँटीमार्फत हुने जहाज आवागमन व्यवस्थापनका लागि कानूनी संयन्त्र निर्माण गर्ने विषयमा सहमति निकै नजिक पुगेको बताएका थिए । यद्यपि, रणनीतिक जलमार्ग पुनःखोल्न थप सर्त पूरा गर्नुपर्ने उनको भनाइ थियो ।

अराघचीका अनुसार ती सर्तमा यसअघि भएको समझदारी उल्लङ्घन गरेको भन्दै अमेरिकाबाट क्षतिपूर्ति प्राप्त गर्ने विषयसमेत समावेश छ । 

इरानले जलघाँटीको आवागमनसँग सम्बन्धित विषयलाई क्षेत्रीय सुरक्षा तथा आफ्नो सार्वभौमिकतासँग जोडेर हेर्दै आएको छ भने जर्मनीसहितका पश्चिमी मुलुकले सबै जहाजका लागि निर्बाध तथा सुरक्षित अन्तर्राष्ट्रिय जलमार्ग सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  २ : २२ बजे

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने

मूल बीउका लागि कोदोखेती

वालिङ– स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा

टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू)

बुटवल- खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै