सरकारले जनताको पीडा महसुस गर्न सकेन : हर्क साम्पाङ « Khabarhub

सरकारले जनताको पीडा महसुस गर्न सकेन : हर्क साम्पाङ


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले जनताको पीडा महसुस गर्न नसकेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले जनताले देशमा सुरक्षा, न्याय र आवश्यक सेवा–सुविधा पाउन नसकेको बताए। ग्यासका लागि समेत घण्टौँ घाममा उभिनुपर्ने अवस्था रहँदा सरकारले जनताको पीडा महसुस गर्न नसकेको उनको भनाइ थियो ।

ठूलो आशा र अपेक्षाका साथ जनताले वर्तमान सरकारलाई मत दिए पनि सरकारले अपेक्षाअनुसार परिवर्तन ल्याउन नसकेको साम्पाङले बताए। सरकारका मन्त्रीहरूबीच नै आवश्यक समन्वय र विश्वासको कमी देखिएको उनको आरोप थियो ।

देशभित्र पर्याप्त अवसर सिर्जना हुन नसक्दा युवाहरू विदेशिन बाध्य भएको भन्दै उनले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रण गर्न तथा ठगीमा संलग्नलाई कारबाही गर्न सरकार असफल भएको बताए ।

अध्यक्ष साम्पाङले विगत साढे दुई महिनादेखि संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग गरिए पनि प्रधानमन्त्री बैठकमा उपस्थित नभएको भन्दै असन्तुष्टि व्यक्त गरे।

प्रधानमन्त्रीको संसद्‌मा उपस्थित नहुनुलाई उनले ‘बालहठ’ र ‘पदीय गैरजिम्मेवारी’को संज्ञा दिए । संसद्प्रति सरकार र प्रधानमन्त्रीको जवाफदेहिता आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  २ : २५ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल