संस्थापन इतरको राष्ट्रिय भेलामा गएर शेखरले पार्टी एकताको आह्वान गर्ने « Khabarhub

संस्थापन इतरको राष्ट्रिय भेलामा गएर शेखरले पार्टी एकताको आह्वान गर्ने


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संस्थापन इतर समूहले आयोजना गर्ने भनिएको राष्ट्रिय भेलामा सहभागी हुने भएका छन् ।

स्वकीय सचिव दिनेशचन्द्र थपलियाले यही साउन २९ गतेदेखि हुने इतर समूहको भेलामा नेता डा. कोइराला सहभागी हुने पुष्टि गरेका छन् ।

‘कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गते आयोजना गरिएको भेलाको उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ’, उनले मंगलबार भनेका छन्।

थपलियाका अनुसार उक्त भेला पार्टी विभाजनका लागि नगरिएको पनि स्पष्टीकरण गरेका छन् । ‘त्यो कुनै पनि पार्टी विभाजन गर्ने भेला होइन’, थपलियाले भने, ‘उक्त भेलामा सहभागी भएर डा. कोइरालाले पार्टी एकताकै लागि आव्हान गर्नुहुने छ ।’

उक्त भेलामा सहभागी हुन कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पनि बिहीबार आउँदैछन् । गत चैतदेखि हङकङमा रहेका उनी शुक्रबार थाइल्यान्डको बैंकक पुगेका थिए ।

तर उनकी पत्नी एवम् पूर्वपरराष्ट्रमन्त्री एवम् कांग्रेस नेतृ डा. आरजु राणा देउवा र छोरा जयवीर देउवा नआउने भएका छन्। देउवा साउन २६ गते नै नेपाल आउने तयारीमा थिए ।

कांग्रेसको इतर पक्षले आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरिएको छ।

सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादलाई पुनरावलोकनमा लगेपछि इतर समूह उत्साहित छ । सर्वोच्चको उक्त निर्णयपछि उत्साहित इतर समूहले देउवासहितका शीर्ष नेतालाई राष्ट्रिय भेलामा उभ्याउन लागेको छ।

उक्त राष्ट्रिय भेलाको संयोजन नेता डा. शशांक कोइरालाले गर्दैछन् । तर उक्त भेलाबाट कांग्रेस औपचारिक रुपमा दुई चिरामा विभाजित हुने चिन्ता आमकार्यकर्तामा देखिएको छ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  २ : ३६ बजे

बसर अल असदलाई मृत्युदण्डको फैसला

काठमाडौं- सिरियाको अदालतले पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला सुनाएको

कांग्रेस संस्थापन इतर समूहले भन्यो- सर्वोच्चबाट अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोकौँ

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आयोजक समितिले

भुटानका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं- भुटानका दुई मन्त्रीले राजीनामा दिएका छन् । भुटानका गृहमन्त्री

सदनप्रति उत्तरदायी हुन तयार भएनन् प्रधानमन्त्री, सभामुखले भेटेरै बोलाउँदा पनि भने : विचार गरौँला

काठमाडौं- मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि सभामुख डोलप्रसाद अर्यालयले

ट्रम्पले इरानसँग मागे क्षतिपुर्ति

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित शान्ति सम्झौताका लागि नयाँ