टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू) « Khabarhub

टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू)


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बुटवल- खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै उपभोक्तालाई वितरण थालिएको छ ।

बुटवलस्थित बाल संगठन परिसरमा टन्टलापुर घाममा छाता ओढेर मंगलबार ग्यासको पर्खाइमा सयौँ उपभोक्ता लाइनमा लागेका छन्।

नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयको पहलमा बुटवल र भैरहवामा उत्पादकबाट सिधै उपभोक्तालाई भरी ग्यास सिलिण्डर बिक्री भइरहेको छ ।

नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलबारीले ग्यास बिक्रेता संघ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीसँगको सहकार्यमा ग्यास वितरण थालेको हो ।

मंगलबार बुटवलको बाल मन्दिर र भैरहवाको खाद्य संस्थानमा गरेर १ हजार ६ सय ग्यास सिलिन्डर वितरण भइरहेको छ । 

यहाँ बुटवल, आरती, सिद्धार्थ, सिद्धिनाथ, त्रिशूल, जानकी, स्वस्तिक, चण्डेश्वरी र लुम्बिनीलगायत ब्राण्डका ग्यास बिक्री–वितरण भइरहेको हो ।

रुपन्देहीमा टन्टलापुर घाम लागेको छ । उपभोक्ता छाता ओढेर भरी सिलिन्डर ग्यास लिन लाइनमा छन् । 

तस्बिर : प्रदीप आचार्य/नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ३ : ४८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्