टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू) « Khabarhub

टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू)


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बुटवल- खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै उपभोक्तालाई वितरण थालिएको छ ।

बुटवलस्थित बाल संगठन परिसरमा टन्टलापुर घाममा छाता ओढेर मंगलबार ग्यासको पर्खाइमा सयौँ उपभोक्ता लाइनमा लागेका छन्।

नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयको पहलमा बुटवल र भैरहवामा उत्पादकबाट सिधै उपभोक्तालाई भरी ग्यास सिलिण्डर बिक्री भइरहेको छ ।

नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलबारीले ग्यास बिक्रेता संघ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीसँगको सहकार्यमा ग्यास वितरण थालेको हो ।

मंगलबार बुटवलको बाल मन्दिर र भैरहवाको खाद्य संस्थानमा गरेर १ हजार ६ सय ग्यास सिलिन्डर वितरण भइरहेको छ । 

यहाँ बुटवल, आरती, सिद्धार्थ, सिद्धिनाथ, त्रिशूल, जानकी, स्वस्तिक, चण्डेश्वरी र लुम्बिनीलगायत ब्राण्डका ग्यास बिक्री–वितरण भइरहेको हो ।

रुपन्देहीमा टन्टलापुर घाम लागेको छ । उपभोक्ता छाता ओढेर भरी सिलिन्डर ग्यास लिन लाइनमा छन् । 

तस्बिर : प्रदीप आचार्य/नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ३ : ४८ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ