कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ « Khabarhub

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग गरेको भेटलाई लिएर भइरहेको चर्चा अनावश्यक भएको बताएका छन्।

उनले यस्ता भेटघाटलाई अतिरञ्जित ढंगले व्याख्या–विश्लेषण गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका हुन्।

थापाले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री शाहले नियुक्तिलगत्तै दुवै छिमेकी मुलुकका राजदूतसँग सामूहिक भेटघाट गरेको र अहिले अनुकूल समयमा उनीहरूसँग छुट्टाछुट्टै भेट गरेको बताएका छन्।

उनले प्रधानमन्त्रीले राजदूतहरूसँग अलग–अलग भेट गर्नुलाई सामान्य कूटनीतिक अभ्यासका रूपमा लिनुपर्ने उल्लेख गरेका छन्।

थापाले केही विश्लेषकले प्रधानमन्त्रीले आफ्नो गल्ती सच्याएको टिप्पणी गरेको तथा कतिपयले उनलाई प्रशंसा र स्याबासी दिएको भन्दै यस्तो प्रवृत्ति ‘हीन मानसिकता’को परिणाम भएको टिप्पणी गरेका छन्।

उनका अनुसार राजदूतहरूले परराष्ट्रमन्त्रीलाई भेट्नु उनीहरूको नियमित कामअन्तर्गत पर्ने विषय हो। आवश्यकता अनुसार प्रधानमन्त्रीसँग भेटघाट गर्नु पनि स्वाभाविक रहेको उनको भनाइ छ।

थापाले सामान्य कूटनीतिक भेटघाटलाई राष्ट्रिय महत्वको घटनाजस्तो बनाएर व्याख्या र विश्लेषण गर्न आवश्यक नरहेको बताएका छन्।

उनले भनेका छन्, ‘राजदूतले मन्त्री वा प्रधानमन्त्रीलाई भेटेको विषयलाई राष्ट्रिय महत्वको समाचार बनाउने प्रवृत्ति अन्त्य हुनुपर्छ।’

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ७ : २२ बजे

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि

एकैदिन छापियो ५ हजारभन्दा बढी ई-पासपोर्ट

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य

भाषाविद् डा. विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि

जनकपुरधाम – साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद