ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक « Khabarhub

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ ह्युन्डाई ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक सार्वजनिक गरेको छ। नयाँ डिजाइन, उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन र सुरक्षासहित नयाँ भेन्युले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ अनुभव प्रदान गर्दछ।

मेड इन नेपाल भेन्युसशक्त र आकर्षक एसयूभी डिजाइनसहित प्रस्तुत गरिएको छ। यसमा ट्विन हर्न एलईडी डीआरएलएस, होरिजन एलईडी रियर ल्याम्प, पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफ, १०.२५-इन्च इन्फोटेनमेन्ट डिस्प्ले र ६ वटा एयरब्याग रहेका छन्। यो १.२-लिटर र १.०-लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ, जसले आरामदायी ड्राइभिङ, दक्षता र उत्कृष्ट प्रदर्शन प्रदान गर्दछ।

त्यस्तै, भेन्यु एन लाइनले भेन्युलाइनअपमा थप स्पोर्टी र विशिष्ट शैली प्रस्तुत गर्दछ। यसमा एन-ब्रान्डेड सिट, एन-ब्रान्डेड एलोइ ह्वील, सिग्नेचर रेड हाइलाइट्स सहितको बडी कलर क्लाडिङ तथा विशिष्ट एन लाइन स्टाइलिङ इलिमेन्ट्स रहेका छन्। यसको स्पोर्टी डिजाइनले भेन्युको प्रविधि, आराम र व्यावहारिकतालाई कायम राख्दै थप गतिशील अनुभव प्रदान गर्छ।

मेड इन नेपाल भेन्युको सुरुवाती मूल्य रु. ४८ लाख ९६ हजार रहेको छ र यो एचएक्स २ (१,१९७सीसी पेट्रोल), एचएक्स ५+ (१,१९७सीसी पेट्रोल) र एचएक्स ५ डीसीटी (९९८सीसी पेट्रोल) गरी तीन भेरियन्टमा उपलब्ध छ। त्यस्तै, भेन्यु एन लाइनको सुरुवाती मूल्य रु. ६७ लाख ९६ हजार रहेको छ।

मेड इन नेपाल ह्युन्डाइ भेन्युर भेन्यु एन लाइन नेपालभरका ह्युन्डाई शोरुमहरूमा उपलब्ध छन्। ग्राहकहरूले आफ्नो नजिकको ह्युन्डाई शोरुममा गई नयाँ लाइनअपबारे थप जानकारी लिन तथा नयाँ भेन्युको डिजाइन, प्रविधि र ड्राइभिङ अनुभव प्रत्यक्ष रूपमा अनुभव गर्न सक्नेछन्।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ९ : ५२ बजे

देशभरका ५० जिल्लाका नदीमा बाढीको जोखिम, १७ जिल्लामा ‘अति उच्च’ सतर्कता

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका

मर्स्याङ्दी नदीको बाढीले तालगाउँ फेरि डुबानमा

पोखरा– लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको

नारायणी नदीले खतराको तह पार गर्यो: जलसतह ११ मिटर पुग्यो, चितवन र नवलपरासीमा उच्च सतर्कता

काठमाडौँ – अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेर

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप