गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ? « Khabarhub

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ प्रस्तुत गर्ने क्रममा गणपूरक संख्या नपुगेपछि सांसदहरूको उपस्थितिमाथि प्रश्न उठेको छ।

विधेयक निर्णयार्थ पेश गर्ने क्रममा २७५ सदस्यीय प्रतिनिधिसभामा ६१ जना सांसद मात्र उपस्थित रहेको र आवश्यक गणपूरक संख्या ६९ जना नपुगेको हो।

घटनाप्रति प्रतिनिधिसभा सदस्य गोविन्द पन्थीले सत्ता र विपक्ष दुवै पक्षका सांसदको जिम्मेवारीमाथि प्रश्न उठाएका छन्। उनले विपक्षी दलका सांसदले समेत संसद्मा उपस्थित भएर सरकारको निगरानी, प्रश्न र कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

पन्थीका अनुसार विपक्षी दलका ९३ सांसदमध्ये ८ जना मात्र सदनमा उपस्थित थिए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूबाहेक १६४ सांसदमध्ये ५३ जना उपस्थित रहेको उनले उल्लेख गरेका छन्।

‘हो, सत्तापक्ष अझ बढी जिम्मेवार हुनुपर्छ। तर विपक्षी सांसदलाई पनि जनताले सदनमा बसेर सरकारलाई प्रश्न गर्न, निगरानी गर्न र कानुन निर्माणमा भूमिका खेल्न पठाएका हुन्,’ पन्थीले भनेका छन्, ‘सदनमा नआएर सरकारलाई मात्र प्रश्न गर्ने नैतिक आधार कति बलियो हुन्छ?’

पन्थीले आफू भने बिहान ११ बजेदेखि समितिको बैठकमा सहभागी भएर दिउँसो १ बजेदेखि राति ८ बजेसम्म निरन्तर सदनमा रहेको बताएका छन्। सदनको कामकारबाही नसकिएसम्म आफ्नो जिम्मेवारीबाट काबुबाहिरको परिस्थिति बाहेक पछि नहट्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।

उनले संसद् सांसदका लागि हाजिरी लगाउने ठाउँ मात्र नभई जनताले दिएको जिम्मेवारी पूरा गर्ने सर्वोच्च थलो भएको बताएका छन्।

‘सत्ता होस् वा विपक्ष, जनताको मत पाएपछि जवाफदेहिता पनि स्वीकार गर्नुपर्छ,’ पन्थीले भनेका छन्, ‘सांसदज्यूहरू, सदनमा उपस्थित होऔँ। जिम्मेवार बनौँ, जनताको आवाज सुनौँ, बोलौँ र कानुन बनाऔँ।’

उनले जनताले दिएको जिम्मेवारीलाई हल्का नलिन पनि सबै सांसदलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  १० : ०८ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्