गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ? « Khabarhub

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ प्रस्तुत गर्ने क्रममा गणपूरक संख्या नपुगेपछि सांसदहरूको उपस्थितिमाथि प्रश्न उठेको छ।

विधेयक निर्णयार्थ पेश गर्ने क्रममा २७५ सदस्यीय प्रतिनिधिसभामा ६१ जना सांसद मात्र उपस्थित रहेको र आवश्यक गणपूरक संख्या ६९ जना नपुगेको हो।

घटनाप्रति प्रतिनिधिसभा सदस्य गोविन्द पन्थीले सत्ता र विपक्ष दुवै पक्षका सांसदको जिम्मेवारीमाथि प्रश्न उठाएका छन्। उनले विपक्षी दलका सांसदले समेत संसद्मा उपस्थित भएर सरकारको निगरानी, प्रश्न र कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

पन्थीका अनुसार विपक्षी दलका ९३ सांसदमध्ये ८ जना मात्र सदनमा उपस्थित थिए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूबाहेक १६४ सांसदमध्ये ५३ जना उपस्थित रहेको उनले उल्लेख गरेका छन्।

‘हो, सत्तापक्ष अझ बढी जिम्मेवार हुनुपर्छ। तर विपक्षी सांसदलाई पनि जनताले सदनमा बसेर सरकारलाई प्रश्न गर्न, निगरानी गर्न र कानुन निर्माणमा भूमिका खेल्न पठाएका हुन्,’ पन्थीले भनेका छन्, ‘सदनमा नआएर सरकारलाई मात्र प्रश्न गर्ने नैतिक आधार कति बलियो हुन्छ?’

पन्थीले आफू भने बिहान ११ बजेदेखि समितिको बैठकमा सहभागी भएर दिउँसो १ बजेदेखि राति ८ बजेसम्म निरन्तर सदनमा रहेको बताएका छन्। सदनको कामकारबाही नसकिएसम्म आफ्नो जिम्मेवारीबाट काबुबाहिरको परिस्थिति बाहेक पछि नहट्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।

उनले संसद् सांसदका लागि हाजिरी लगाउने ठाउँ मात्र नभई जनताले दिएको जिम्मेवारी पूरा गर्ने सर्वोच्च थलो भएको बताएका छन्।

‘सत्ता होस् वा विपक्ष, जनताको मत पाएपछि जवाफदेहिता पनि स्वीकार गर्नुपर्छ,’ पन्थीले भनेका छन्, ‘सांसदज्यूहरू, सदनमा उपस्थित होऔँ। जिम्मेवार बनौँ, जनताको आवाज सुनौँ, बोलौँ र कानुन बनाऔँ।’

उनले जनताले दिएको जिम्मेवारीलाई हल्का नलिन पनि सबै सांसदलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  १० : ०८ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा