राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी « Khabarhub

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न प्रजातिका बाख्रा तथा अन्य स्रोत सामग्रीको उत्पादन लक्ष्यभन्दा बढी गरेको छ।

केन्द्रले उक्त आर्थिक वर्षमा विभिन्न प्रजातिका ३३३ बाख्रा उत्पादन गर्ने लक्ष्य राखेकोमा ४११ बाख्रा उत्पादन गरेको केन्द्रप्रमुख राजु कँडेलले जानकारी दिए ।

केन्द्रका अनुसार खरी प्रजातिका ४० बाख्रा उत्पादन गर्ने लक्ष्य राखिएकामा ४८, सिन्हालका छवटा लक्ष्य रहेकामा आठ, बारबारीका छवटा लक्ष्य रहेकामा १०, जमुनापारी क्रसका तीनवटा लक्ष्य रहेकामा तीन, शुद्ध बोअरका ७० लक्ष्य रहेकामा ८७, बोअर क्रसका १६० लक्ष्य रहेकामा १८४, शुद्ध साननका १५ लक्ष्य रहेकामा १६ तथा सानन क्रसका ३३ लक्ष्य रहेकामा ५५ बाख्रा उत्पादन भएका छन्।

त्यस्तै, केन्द्रले दूध उत्पादनमा पनि लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरेको छ। दुई हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य राखिएकामा ४ हजार २३१ दशमलव ५ लिटर उत्पादन भएको छ। दुई सय किलोग्राम चिज उत्पादन गर्ने लक्ष्य रहेकामा ४६३ दशमलव ३ किलोग्राम तथा ५० वटा चुलेत्रो उत्पादन गर्ने लक्ष्य रहेकामा ६० वटा उत्पादन भएको केन्द्रले जनाएको छ।

बाख्राको मल उत्पादनतर्फ पनि केन्द्रले लक्ष्यभन्दा बढी उत्पादन गरेको छ। ७० मेट्रिक टन मल उत्पादन गर्ने लक्ष्य रहेकामा ९६ दशमलव २१ मेट्रिक टन उत्पादन भएको छ।

केन्द्रले उक्त अवधिमा विभिन्न स्रोत सामग्री तथा सेवाबाट ७९ लाख १८ हजार ४८५ आम्दानी गरेको छ। स्रोत बीउ तथा वस्तु बिक्रीबाट ५३ लाख ३६ हजार ४२५, उत्पादनका सहउत्पादनबाट २३ लाख ९५ हजार ५४० तथा अतिथिगृह, तालिम हल र चमेनागृहबाट १ लाख ५२ हजार ४२५ आम्दानी भएको जनाइएको छ।

राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले किसानलाई बाख्रा तथा बाख्रासँग सम्बन्धित अनुसन्धान र प्रविधि विकासमा सहयोग गर्नुका साथै उन्नत जातका प्रजननयोग्य बोका, पाठी तथा घाँसका बेर्ना वितरण गर्दै आएको छ।

केन्द्रमा पशु स्वास्थ्य, पशु प्रजनन, पशु आहारा, चरन तथा घाँसेबाली, कृषि वन, पशु उत्पादन तथा व्यवस्थापनलगायत विषयमा अनुसन्धान तथा कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  १० : ३९ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध