प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता « Khabarhub

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता


२६ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता भएको छ।

वार्ताका क्रममा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिइएको जानकारी गराए। उनले न्युजील्याण्डका नागरिकसहित बेपत्ता विदेशी नागरिकको खोजीलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको बताए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढी प्रभावित नेपाललाई न्युजील्याण्डले उपलब्ध गराएको २० लाख न्युजील्याण्ड डलर बराबरको मानवीय सहायताका लागि प्रधानमन्त्री लक्सनप्रति आभार व्यक्त गरे।

शाहले जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च जोखिममा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा जलवायुजन्य क्षति तथा नोक्सानीका लागि वित्तीय सहयोग जुटाउन न्युजील्याण्ड सरकारको रचनात्मक भूमिका रहने विश्वास व्यक्त गरे।

त्यस अवसरमा न्युजील्याण्डका प्रधानमन्त्री लक्सनले नेपालले भोग्नुपरेको विपद्प्रति दुःख व्यक्त गर्दै न्युजील्याण्ड सरकार र जनताका तर्फबाट समवेदना तथा ऐक्यबद्धता प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  ११ : १२ बजे

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत