पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी « Khabarhub

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलालाई अस्पतालबाट फर्काइएको भनिएको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको सम्झना गराएको बताएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले सुत्केरी महिलाका लागि राज्यले दिने भत्ता तथा सुरक्षित मातृत्वको अवधारणा अघि बढाउन आफ्ना पिता भरतमोहन अधिकारीले खेलेको भूमिकाको स्मरण गरिन्।

उनले जीवन र मृत्युको दोसाँधमा रहेकी गर्भवती महिलालाई केही हजार रुपैयाँको अभावकै कारण अस्पतालको ढोकाबाट बाहिर निकालिएको घटना राज्यका लागि गम्भीर लज्जाको विषय भएको बताइन्।

‘सुत्केरी महिलालाई अस्पतालसम्म पुर्‍याउनेदेखि उपचारका लागि राज्यले सहयोग गर्नुपर्छ भन्ने सोचका साथ मेरा बुबाले सुत्केरी भत्ताको सुरुवात गर्नुभएको थियो,’ उनले भनिन्, ‘तर आज आफ्नै देशमा एउटी गर्भवती महिला पैसा नभएकै कारण अस्पतालको ढोकाबाट निकालिनुपर्ने अवस्था देख्दा मलाई गहिरो लज्जाबोध भएको छ।’

अधिकारीले संविधानले सुरक्षित मातृत्वलाई मौलिक हकका रूपमा सुनिश्चित गरे पनि त्यसको व्यवहारिक कार्यान्वयन हुन नसकेको बताइन्। राज्यले सुरक्षित मातृत्वका विषयमा नीति तथा कार्यक्रममा प्रतिबद्धता जनाए पनि प्रसव पीडामा रहेकी महिलाले उपचारका लागि आर्थिक अभाव झेल्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने उनको भनाइ थियो।

‘हामीले संविधानमा सुरक्षित मातृत्वलाई मौलिक हक लेख्यौँ, राज्यका नीति तथा कार्यक्रममा ठूला कुरा गर्‍यौँ। तर एउटी आमा प्रसव पीडाले छटपटाइरहेका बेला पैसा नभएकै कारण अस्पतालको ढोकाबाट निकालिन्छिन् भने हाम्रा नीति, कानुन र भाषणको औचित्य के रहन्छ?’ उनले प्रश्न गरिन्।

सप्तरीको घटनामा संलग्न कर्मचारी तथा अस्पताल प्रशासनमाथि तत्काल छानबिन गरी दोषी देखिए कडा कारबाही गर्न पनि उनले माग गरिन्।

‘पैसाको अभावमा कुनै पनि गर्भवती महिलाले अस्पतालको ढोकामा अपमानित हुनुपर्ने अवस्था आउनु हुँदैन। एउटी आमाको पीडा राज्यले बुझ्न सकेन भने हामीले गरेको राजनीति र बोकेको पदको अर्थ रहँदैन,’ अधिकारीले भनिन्।

सप्तरीमा अस्पतालले उपचारका लागि पैसा नभएको भन्दै फर्काएपछि बबिता पासवानले फुटपाथमै शिशुलाई जन्म दिएको घटना सार्वजनिक भएको थियो। उक्त घटनाप्रति चौतर्फी चासो र आलोचना भइरहेको छ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ११ : १९ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध