रास्वपा सांसद तोसिमाको आक्रोश- सरकार खोज्दै बबिता अस्पताल पुगिन्, तर सरकार बबितासम्म पुगेन « Khabarhub

रास्वपा सांसद तोसिमाको आक्रोश- सरकार खोज्दै बबिता अस्पताल पुगिन्, तर सरकार बबितासम्म पुगेन


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रसव पीडामा अस्पताल पुगेकी गर्भवती महिलालाई तत्काल उपचार र सुरक्षित भर्नाको व्यवस्था गर्नुपर्ने बताएकी छन् । 

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना नलिएपछि सडकमा बच्चा जन्माउन बाध्य भएकी बबिताको घटनालाई लिएर यस्तो बताएकी हुन् ।

कार्कीले प्रसवका लागि अस्पताल पुगेकी महिलाको आर्थिक अवस्था नहेरी तत्काल क्लिनिकल मूल्यांकन र उपचार सुरु गर्नुपर्ने बताइन्। उनले प्रसव पीडामा रहेकी महिलालाई तत्काल भर्ना गरेर आवश्यक उपचार तथा निगरानी गर्नुपर्नेमा जोड दिइन् ।

‘राज्य खोज्दै बबिता अस्पतालसम्म पुगिन्, तर राज्यको सेवा बबितासम्म पुगेन,’ उनले भनिन्।

उनले अस्पतालले बिरामीको सम्पर्क नम्बर लिएपछि बिरामी सम्पर्कविहीन हुँदा खोजी गर्नुपर्ने र आपत्कालीन निगरानी प्रणाली प्रभावकारी बनाउनुपर्ने बताइन् । आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि अस्पतालको सामाजिक सेवा इकाई र आमा सुरक्षा कार्यक्रम तत्काल सक्रिय हुनुपर्ने उनको भनाइ छ ।

उनले आमा सुरक्षा कार्यक्रमलाई बच्चा जन्माउने सेवा मात्र नभई गर्भावस्थादेखि सुत्केरी र शिशु सेवासम्म समेटिने ‘सम्पूर्ण मातृ स्वास्थ्य प्याकेज’का रूपमा विस्तार गर्न सरकारसँग माग गरिन् । आवश्यक जाँच, औषधि, उपचार, भिडियो एक्सरे लगायतका सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनले बताइन्।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  १ : ४६ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध