अस्पतालमा भर्ना नलिई फुटपाथमा प्रसूति घटनाको छानबिन गर्न टोली गठन « Khabarhub

अस्पतालमा भर्ना नलिई फुटपाथमा प्रसूति घटनाको छानबिन गर्न टोली गठन


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाको छानबिन गर्न छानबिन टोली गठन गरि परिचालन गरिसकिएको जानकारी दिएकी छन् । 

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समिति बैठकमा मन्त्री मेहताले घटना सार्वजनिक हुनेबित्तिकै नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रारको नेतृत्वमा ५ सदस्यीय ’एथिकल कमिटी’ र मन्त्रालयको ११औँ तहका क्युरेटिभ डिभिजन प्रमुख डा. पवन रायमाझी सम्मिलित संयुक्त टोली गठन गरिएको जानकारी दिइन् । 

उक्त छानबिन टोलीलाई तत्काल सत्यतथ्य पत्ता लगाउन राजविराज पठाइएको र टोलीले त्यहाँ जाँचबुझ गरिरहेको उनले बताइन् । उनले स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, नर्सिङ वा पारामेडिक्स जोसुकैको गल्ती वा कमजोरी देखिए पनि मन्त्रालयले निर्मम भएर कानुनी कारबाही अघि बढाउने प्रतिबद्धता जनाइन् । 

बैठकमा सांसद रमेश मल्लले गजेन्द्रनारायण सिंह अस्पताल संघीय सरकार मातहतकै अस्पताल भएकाले त्यहाँ घटेको गम्भीर घटनाप्रति मन्त्री र सचिवको प्रत्यक्ष नैतिक जिम्मेवारी लिनुपर्ने बताए । उक्त घटनामा संलग्न दोषीहरूमाथि मन्त्रालयले यथाशीघ्र छानबिन र अनुसन्धान गरी कडा कानुनी कारबाही अघि बढाउन उनले माग गरे । 

उनले आगामी दिनमा सरकारी अस्पतालहरूमा यस्ता अमानवीय घटना दोहोरिन नदिन मन्त्रालयसँग के–कस्ता योजना र ठोस प्रतिबद्धता छन् भनी स्पष्ट पार्न माग गरे । 

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  १ : ३९ बजे

संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान

प्रधानमन्त्रीलाई विदुषीले भनिन्- आरोप लाग्नेबित्तिकै व्यवसायीलाई पक्रिँदै थुन्नाले मनोबल घटाएको छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी

चीनबाट नेपालमा पाँचौँ चरणको आपत्कालीन राहत सामग्री आइपुग्यो 

काठमाडौं– चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको पाँचौँ खेप

कुमार बेनलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्टको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ

भोटेकोशीमा बाढीमा दोलखाका ५४ जना बेपत्ता, अन्तिम संस्कारको तयारीमा आफन्त

दोलखा– भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर दोलखाका ५४ जना बेपत्ता