‘बाढी पीडितबारे बोल्दा ‘घण्टी’ समर्थकबाट बलात्कार गरेर मारिदिने धम्की आउँछ’ « Khabarhub

‘बाढी पीडितबारे बोल्दा ‘घण्टी’ समर्थकबाट बलात्कार गरेर मारिदिने धम्की आउँछ’


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्नसमेतभ रहेको ‘घण्टी’ समर्थक भन्दै सामाजिक सञ्जालबाट धम्की आइरहेको बताएकी छन् । उनले घण्टी समर्थकले आफूलाई बलात्कार गरेर हत्या गरिदिने धम्की दिइरहेको खुलाएकी छन्।

शुक्रबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा उनले आफू असुरक्षित रहेको गुनासो पोखेकी हुन्। बरालले महिला सांसदहरूमाथि निरन्तर साइबर बुलिङ र आक्रमण भइरहेको बताइन्। उनले त्यस्तो धम्की दिनेहरूलाई कारबाही गर्न सरकारसँग माग गरेकी छन्।

रसुवाको भोटेकोशी बाढी प्रभावितहरूको उद्धार तत्काल गर्न आवश्यक रहेको कुरा राख्दा सामाजिक सञ्जालमा निरन्तर गालीगलौज र धम्की आइरहेको बताइन् ।

‘बाढी पीडितलाई पुनर्स्थापना राहतको कुरा गर्दा मलाई साइबर बुलिङ भइरहेको छ। सर्वसाधारणको कुरा छाड्नुस्, मलाई नै बलात्कार गरेर मारिदिन्छु भनेर धम्कीपूर्ण म्यासेज आइरहेका छन्। बाढीपीडितबारे बोल्दा साइबर बुलिङ र बलात्कारको पनि धम्की खेप्नुपर्ने?’ उनले सरकारलाई सोधिन् ।

बरालले सरकारबारे बोल्दा महिला सांसदहरूलाई सामाजिक सञ्जालमा गालीगलौज र धम्की आइरहेको बताइन्। उनले यसमा सरकारलाई गम्भीर हुन भनिन्। ‘हामीलाई गाली गर्ने ९० प्रतिशत घण्टी चुनाव चिह्न सामाजिक सञ्जालमा राखेकाहरू छन् । उनीहरूलाई कसले रोक्ने, कसले कारबाही गर्ने ?’, उनले भनिन्।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ३ : ०९ बजे

त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सन्तोष सैनिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण

राष्ट्रसंघको महासभामा जलवायु संकटबाट नेपालमा परेको असर जाकारी गराउछौँ : परराष्ट्र

काठमाडौं– नेपालले अमेरिकी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा

पूर्वप्रेमिकालाई दिएको उपहार फिर्ता माग्ने सिङ्गापुरका एक जनाले मुद्दा हारे

काठमाडौं- सिङ्गापुरका एक व्यक्तिले आफ्नी पूर्वप्रेमिकालाई प्रेम सम्बन्धमा रहँदा दिएको

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले