कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ « Khabarhub

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरेर एकताका लागि निर्णायक वार्ता थाल्न संस्थापन र संस्थापनइतर समूहलाई आग्रह गरेका छन्।

पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहितका नेताहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै दुवै पक्षलाई महाधिवेशनको कार्यतालिका स्थगित गरी पार्टी एकताका लागि तत्काल निर्णायक वार्ता प्रारम्भ गर्न आग्रह गरेका हुन्।

‘पार्टी सभापतिका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै दुवै पक्षबाट जारी गरिएका १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरी यथाशीघ्र पार्टीको सम्पूर्ण एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न हामी विशेष आग्रह गर्दछौँ,’ उनीहरूले भनेका छन्।

नेताहरूले कांग्रेसको बृहत् एकताका लागि सभापति गगन थापाको भूमिका विशेष महत्वपूर्ण हुने बताएका छन्।

‘देश संकटमा रहेको यस संवेदनशील घडीमा नेपाली कांग्रेसभित्रका सबै पक्षलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट तत्काल विवाद समाधान गरी पार्टीलाई एक ढिक्का बनाउन र राष्ट्रिय चुनौतीहरूको सामना गर्न सक्ने सबल, एकताबद्ध र शक्तिशाली नेपाली कांग्रेस निर्माणमा जुट्न हार्दिक अपिल गर्दछौँ,’ उनीहरूको आग्रह छ।

सामूहिक वकत्व्य निकाल्ने सबै नेताहरू १४औँ महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवा समूहबाट केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका थिए।

वक्तव्य जारी गर्नुअघि उनीहरूले पूर्वसभापति देउवा, पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग छलफल गरेका थिए। उनीहरूले देउवा, खड्का र कोइरालासँगको छलफलपछि सभापति गगन थापालाई पनि भेटेका थिए।

कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। यता देउवा समूहले भने आगामी असोज १५ गते वडा अधिवेशन गर्ने छुट्टै कार्यतालिका बनाएको छ। देउवा समूहले मंसिरमा १५ औँ महाधिवेशन गर्ने बताएको छ।

दुवै पक्षबीच सहमतिको प्रयास सफल नभए कांग्रेसमा समानान्तर महाधिवेशन हुने अवस्था आउन सक्ने देउवा समूहका नेताहरूले बताउँदै आएका छन्।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ३ : ३० बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका