कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ « Khabarhub

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ


२६ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरेर एकताका लागि निर्णायक वार्ता थाल्न संस्थापन र संस्थापनइतर समूहलाई आग्रह गरेका छन्।

पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहितका नेताहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै दुवै पक्षलाई महाधिवेशनको कार्यतालिका स्थगित गरी पार्टी एकताका लागि तत्काल निर्णायक वार्ता प्रारम्भ गर्न आग्रह गरेका हुन्।

‘पार्टी सभापतिका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै दुवै पक्षबाट जारी गरिएका १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरी यथाशीघ्र पार्टीको सम्पूर्ण एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न हामी विशेष आग्रह गर्दछौँ,’ उनीहरूले भनेका छन्।

नेताहरूले कांग्रेसको बृहत् एकताका लागि सभापति गगन थापाको भूमिका विशेष महत्वपूर्ण हुने बताएका छन्।

‘देश संकटमा रहेको यस संवेदनशील घडीमा नेपाली कांग्रेसभित्रका सबै पक्षलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट तत्काल विवाद समाधान गरी पार्टीलाई एक ढिक्का बनाउन र राष्ट्रिय चुनौतीहरूको सामना गर्न सक्ने सबल, एकताबद्ध र शक्तिशाली नेपाली कांग्रेस निर्माणमा जुट्न हार्दिक अपिल गर्दछौँ,’ उनीहरूको आग्रह छ।

सामूहिक वकत्व्य निकाल्ने सबै नेताहरू १४औँ महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवा समूहबाट केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका थिए।

वक्तव्य जारी गर्नुअघि उनीहरूले पूर्वसभापति देउवा, पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग छलफल गरेका थिए। उनीहरूले देउवा, खड्का र कोइरालासँगको छलफलपछि सभापति गगन थापालाई पनि भेटेका थिए।

कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। यता देउवा समूहले भने आगामी असोज १५ गते वडा अधिवेशन गर्ने छुट्टै कार्यतालिका बनाएको छ। देउवा समूहले मंसिरमा १५ औँ महाधिवेशन गर्ने बताएको छ।

दुवै पक्षबीच सहमतिको प्रयास सफल नभए कांग्रेसमा समानान्तर महाधिवेशन हुने अवस्था आउन सक्ने देउवा समूहका नेताहरूले बताउँदै आएका छन्।

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  ३ : ३० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली