एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन « Khabarhub

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन


२६ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक–फरक प्रतिवेदन प्रस्तुत भएको छ ।

पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको कार्यदल बैठकमा कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव तथा पार्टीका महासचिव शंकर पोखरेलले प्रतिवेदन प्रस्तुत गरेका हुन् । 

कार्यदलका संयोजकले दुवै दस्ताबेज कार्यदलको बैठकमा छलफलका लागि पेश गरेको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । 

दुईवटा छुट्टाछुट्टै दस्ताबेज हुन नसक्ने निष्कर्ष निकाल्दै दुवैको अध्ययन तथा छलफल गरी एउटै साझा दस्ताबेज तयार पारेर सचिवालयलाई बुझाउने सहमति भएको उनले बताए । 

दुवै दस्ताबेज अध्ययन गर्ने र शुक्रबारदेखि आवासीय रूपमा बसेर छलफल गरी एउटै अन्तिम प्रतिवेदन तयार पारेर छिटोभन्दा छिटो सचिवालयलाई हस्तान्तरण गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिए।

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  ४ : ०९ बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया