जासुसीमा एआईको बढ्दो प्रयोग « Khabarhub

जासुसीमा एआईको बढ्दो प्रयोग


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सन फ्रान्सिस्को- चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसङ्ख्यक, असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासुसीका लागि कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढाउँदै गएको एआई कम्पनी एन्थ्रोपिकले जनाएको छ ।

एन्थ्रोपिकले यस वर्ष जनवरीदेखि जुलाईसम्म चीन, इरान र पश्चिम अफ्रिकाबाट सञ्चालित राज्य प्रायोजित निगरानीका कैयौँ अभियान पत्ता लगाएर अवरुद्ध गरेको जनाएको छ ।

प्रतिवेदनअनुसार हङकङका प्रजातन्त्र समर्थक, केही अल्पसङ्ख्यक समुदाय तथा विदेशमा रहेका इरानी सरकारका विरोधीहरू त्यस्ता निगरानी अभियानको निशानामा परेका छन् ।

एउटा घटनामा इरानी समूहले सामाजिक सञ्जालमार्फत मानिसको पहिचान पत्ता लगाउने विधि विकास गरेको थियो भने मालीका राष्ट्रिय सुरक्षा अधिकारीका लागि काम गर्ने ठेकेदारले एन्थ्रोपिकको एआई मोडेल ‘क्लाउड’ प्रयोग गरी गुप्तचर सूचना सङ्कलनमा सहयोग गर्ने सफ्टवेयर विकास गरेको थियो ।

एन्थ्रोपिकले हतियार डिजाइन, शङ्कास्पद जैविक अनुसन्धान र डेटिङ ठगीमा एआई प्रयोग गर्ने प्रयाससमेत रोकेको जनाएको छ । कम्पनीले चिनियाँ एआई कम्पनी मुनसट र डिपसिकले आफ्ना प्रयोगकर्ताका प्रश्नको जवाफ तयार गर्न गोप्य रूपमा क्लाउड प्रयोग गरी प्राप्त तथ्याङ्कबाट आफ्ना एआई मोडेल सुधार गरेको आरोप लगाएको छ ।

मुनसटले १० दिनमा पाँच हजार ३८० कपटपूर्ण खातामार्फत करिब तीन लाख ग्राहकका अनुरोध एन्थ्रोपिकमा पठाएको दाबी कम्पनीको छ । एन्थ्रोपिकले केही जैविक हतियारसम्बन्धी अनुसन्धानमा समेत एआई प्रयोग भएको जनाएको छ ।

त्यस्ता अनुसन्धानमा चिकुनगुनिया, अत्यधिक रोगजनक बर्ड फ्लू, चेचक तथा मङ्कीपक्ससम्बन्धी भाइरस, विष र अन्य विषाक्त पदार्थ समावेश थिए । यद्यपि अनुसन्धानमा संलग्न वैज्ञानिकहरूको हानिकारक उद्देश्य पुष्टि नभएकाले उनीहरूको पहिचान सार्वजनिक नगरेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ५ : ०२ बजे

सभामुख अर्यालको आह्वान : ‘जलवायु संसदीय कूटनीति’ सुरु गरौँ

काठमाडौँ – सभामुख डीपी अर्यालले अन्तर–व्यवस्थापिका संघको १५३औँ सभालाई सम्बोधन गर्दै

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत