गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर « Khabarhub

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले गोल्डस्टारलाई आफ्नो आधिकारिक फुटवेयर पार्टनरका रूपमा अनुबन्ध गरेको छ । यस साझेदारी सम्झौतामा गोल्डस्टारका हेड अफ स्ट्राटेजिक इनिसिएटिभ्स शिवालिका राणा र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरे ।

सम्झौतासँगै गोल्डस्टारले एनपीएलको तेस्रो संस्करणभर सुदूरपश्चिम रोयल्सलाई आधिकारिक फुटवेयर साझेदारका रूपमा साथ दिनेछ। दुवै पक्षले नेपाली खेलकुद र घरेलु क्रिकेटको व्यावसायिक विकासमा सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

गोल्डस्टारका हेड अफ स्ट्राटेजिक इनिसिएटिभ्स शिवालिका राणा ले गोल्डस्टारले नेपाली क्रिकेटसँगको सहकार्यलाई निरन्तरता दिइरहेको बताइन्। ‘गोल्डस्टारले यसअघि धनगढी प्रिमियर लिग (डीपीएल) मार्फत पनि नेपाली क्रिकेटमा लगानी गरेको थियो।

सुदूरपश्चिम रोयल्ससँगको यो साझेदारी त्यसै यात्राको निरन्तरता हो। नेपाली क्रिकेटको व्यावसायिक विकास र नयाँ पुस्ताका खेलाडीलाई प्रेरणा दिने अभियानमा हामी रोयल्ससँग सहयात्री बनेकोमा उत्साहित छौं’ राणाले भनिन्।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का ले यो साझेदारीले नेपाली ब्रान्ड र नेपाली क्रिकेटबीचको सम्बन्धलाई अझ मजबुत बनाउने बताए । ‘गोल्डस्टार जस्तो स्थापित नेपाली ब्रान्ड सुदूरपश्चिम रोयल्ससँग जोडिनु हाम्रो लागि गर्वको विषय हो। तेस्रो संस्करणमा मैदानभित्रको प्रदर्शनसँगै व्यावसायिक रूपमा पनि बलियो यात्रा तय गर्ने हाम्रो लक्ष्य छ, र यो साझेदारी त्यस दिशामा महत्वपूर्ण कदम हुनेछ’ खड्काले भने ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ५ : ४७ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना