मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित « Khabarhub

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’ बाट सम्मानित गरिएको छ । नेपाली शिक्षा परिषद्ले आज काठमाडौँमा आयोजना गरेको १६१औँ मोतीजयन्ती समारोहमा साहित्यकार चौधरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । समारोहमा कीर्तिशेष साहित्यकारहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण, युवा वर्ष मोती पुरस्कार अर्पण, पुस्तक लोकार्पण तथा समस्यापूर्ति कवि सम्मेलनलगायत कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै परिषद्ले चौधरीलाई मोती पुरस्कार प्रदान गरेको परिषद्का अध्यक्ष रमा शर्माले जानकारी दिइन् । उनका अनुसार युवा पुस्तामाझ साहित्यिक सृजनाको विकास र नेपाली साहित्यको प्रवर्द्धनमा चौधरीले पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं जयतु संस्कृतम् संस्थाका अध्यक्ष डा बद्री पोखरेलले नेपाली साहित्यकारका सृजनाले देशको पहिचान अन्तरराष्ट्रियस्तरमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

उनले साहित्यका माध्यमबाट नेपाल र नेपाली संस्कृतिलाई विश्वसामु चिनाउन साहित्यकारहरूको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे । “नेपाली साहित्यका कारण देशविदेशमा हाम्रो देशको नाम र साहित्य चिनाउन सफल भएको छ । साहित्यकारका कलमहरू साहित्यका क्षेत्रमा सधैँ चलिरहुन्”, उनले भने । सम्मानित साहित्यकार चौधरीले आफूलाई मोती पुरस्कारबाट सम्मानित गरिएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली साहित्यको क्षेत्रमा निरन्तर कलम चलाइरहने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा नेपाली शिक्षा परिषद्का सदस्य डा इन्दिरा शर्माको संस्मरणात्मक कृति ‘विगतलाई फर्केर हेर्दा’ समेत लोकार्पण गरिएको थियो । कार्यक्रममा साहित्य, भाषा तथा संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्व एवं साहित्यकार, कविहरुको उल्लेख्य सहभागिता थियो ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ६ : ५८ बजे

सभामुख अर्यालको आह्वान : ‘जलवायु संसदीय कूटनीति’ सुरु गरौँ

काठमाडौँ – सभामुख डीपी अर्यालले अन्तर–व्यवस्थापिका संघको १५३औँ सभालाई सम्बोधन गर्दै

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत