अर्थ समाचार : पाँच वर्षमा ११२ प्रतिशतले निर्यात बढ्ने, राष्ट्र बैंकले बढायो सटही सुविधा, नेप्से बढ्यो र क्यानाडासँग वार्ता गर्न तयार छैनन् ट्रम्प « Khabarhub

अर्थ समाचार : पाँच वर्षमा ११२ प्रतिशतले निर्यात बढ्ने, राष्ट्र बैंकले बढायो सटही सुविधा, नेप्से बढ्यो र क्यानाडासँग वार्ता गर्न तयार छैनन् ट्रम्प


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२ मा संशोधन गर्दै विदेशी विनिमयसम्बन्धी विभिन्न व्यवस्थाहरूमा व्यापक सरलीकरण र सुविधाको सीमा वृद्धि गरेको छ ।

राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरेको हो ।

संशोधित व्यवस्था अनुसार सटही सुविधा माग गर्ने आयातकर्ताहरूले वस्तु आयात मूल्यको न्यूनतम १० प्रतिशत रकम सामान सिपमेन्ट हुनुपूर्व नै पठाइसकेको हुनुपर्नेछ भने भन्सारबाट सामान जाँचपास हुनुपूर्व पूर्ण भुक्तानी पठाइसकेको हुनुपर्नेछ ।

यसैगरी, ड्राफ्ट वा टीटीको माध्यमबाट आयात हुने वस्तुको सिपमेन्ट हुनुपूर्व आंशिक भुक्तानी भएको विवरण अनुसूची १.९क बमोजिम महिना समाप्त भएको १५ दिनभित्र विभागमा पेस गर्नुपर्ने व्यवस्था थप गरिएको छ ।

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले बढेर २ हजार ५७८.७३ अंकमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २ अंकले बढेर ४६१.८६ अंकमा पुगेको छ। फ्लोट परिसूचक ०.८२ अंकले बढेर १७७.७१ अंक तथा सेन्सेटिभ फ्लोट परिसूचक ०.७५ अंकले बढेर १५५.८४ अंकमा पुगेको छ।

आज विभिन्न कम्पनीका ८९ लाख ५५ हजार २३० कित्ता सेयर ३ अर्ब १३ करोड ८१ लाख १९ हजार ५२८ रुपैयाँमा कारोबार भएका छन्।

कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढ्दा दुई उपसमूह घटेका छन्। आज १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ। १५ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।

टिभिएस मोटरको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

कुमारी बैंक र महिला उद्यमी महासंघ नेपालबीच साझेदारी

अवरोध हटे पाँच वर्षमा वस्तु तथा सेवा निर्यात ११२ प्रतिशत बढ्ने

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ७ : ०४ बजे

सरकार र डा. केसीबीच ६ बुँदे सहमति, अनसन तोडियो

काठमाडौँ– नेपाल सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे

पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड

पर्सा– सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

‘डिजिटल’ धुनको भीडमा हराएन मादलको ताल

सुनसरी– नेपालीको घरआगनमा तिहार भित्रिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री

विपी राजमार्ग : जाइकाबाट पुनःनिर्माण सुरु

काभ्रे– प्राकृतिक विपदबाट क्षतिग्रस्त बीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान