काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि भएको निर्वाचनको मतगणनामा प्रदीप पौडेल र अमरसिंह पुन मगरले सुरुदेखि नै अग्रता लिएका छन्। प्राप्त पछिल्लो मतपरिणामअनुसार पौडेलले ७८८ मत प्राप्त गरेका छन्। त्यस्तै, पुन मगरले ४७८ मत पाएका छन्।
यसैगरी, उदयशमशेर राणा ४५६ मतसहित तेस्रो स्थानमा छन् भने सुनिलकुमार शर्मा ३२५ मत प्राप्त गर्दै चौथो स्थानमा छन्।
त्यस्तै, गुरुराज घिमिरेले १९७, नैन सिंह महरले १४८, शंकर तिवारीले २० र डा. सन्तोष उपाध्यायले १८ मत प्राप्त गरेका छन्।
यसैगरी, महिला महामन्त्री एक पदका लागि भएको निर्वाचनमा डा. डिला संग्रौला (पन्त)ले अग्रता लिएकी छिन् । पछिल्लो परिणामअनुसार उनले ५८३ मत प्राप्त गरेकी छिन् । यस्तै, महालक्ष्मी उपाध्याय (डिना) ले ५५७ मत प्राप्त गर्दा रिता खनालले १५३ मत पाएकी छिन् ।














प्रतिक्रिया