गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै गोरखाको आरुघाट बजार खाली गराइएको छ ।
नदीमा लेदो र गेग्रानसहितको ठूलो बाढी आएपछि तटीय क्षेत्रमा जोखिम बढेको आशंकामा स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका(३ लोकपा र चुम्लिङको बीचमा ठूलो पहिरो गएर बूढीगण्डकी थुनिएको थियो। थुनिएको क्षेत्रमा नदी खुलेपछि ठूलो बाढी आउँदा तटीय क्षेत्रमा भौतिक क्षति पुर्याएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षा निकायको सूचनाको पालना गर्न आग्रह गरिएको छ।


























तस्बिर : साइराम उपरकोटी/नेपाल फोटो लाइब्रेरी














प्रतिक्रिया