मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौँलगायत सहरी भेगमा प्रस्थान गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी-जोमसोम अवरुद्ध सडक खुलेसँगै कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका कन्टेनरहरू मुस्ताङबाट बाहिरिन थालेका छन् ।
उनका अनुसार सडक अवरुद्धका कारण दुई सातादेखि मुस्ताङमा फसेका कन्टेनरहरू मध्ये असोज २४ र २५ गते गरी दुई दिनमा प्रहरी निरीक्षक बस्यालका अनुसार असोज २३ गते साँझ बेनी-जोमसोम सडक मर्मतपछि सुचारु भएसँगै पहिलो दिन ८५ वटा मालवस्तु कन्टेनर मुस्ताङबाट बाहिरिएको हो ।
असोज २४ गते सडक खुलेको दोस्रो दिन मुस्ताङबाट ८८ वटा मालवस्तु कन्टेनर बेनीतर्फ बाहिरिएको प्रहरी निरीक्षक बस्यालको भनाई छ ।
म्याग्दी र मुस्ताङको सिमाना थासाङ-४ घाँसा स्थित प्रहरी चौकीका अनुसार सडक खुलेको दुई दिनमा ३९१ वटा विभिन्न सवारी साधन मुस्ताङबाट बाहिरिएका छन् । आज मुस्ताङबाट ५० भन्दा बढी सवारी साधन बाहिरिएका छन् ।
यसैबीच, मुस्ताङमा उत्पादित स्याउ बजार पठाउन थालिएको चिम्ले स्याउ फार्मका सञ्चालक कर्म गुरुङले जानकारी दिए ।














प्रतिक्रिया