बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ? « Khabarhub

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको बाढीका कारण उत्तरी गोरखा र धादिङका विभिन्न बस्तीमा ठूलो क्षति पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले दिउँसो १ बजेसम्मको प्रतिकार्य र क्षतिको विवरण सार्वजनिक गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको जानकारी दिएका हुन्।

चुमनुव्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार बाढीले जगत बगर, सल्लेरी र घट्टेखोलाका ३५ देखि ४० वटा घर बगाएको प्रारम्भिक अनुमान छ । बाढीका कारण सिर्दिबासबाट चुम्लिङतर्फ जाने बाटोमा रहेका ४-५ जना गोठालाहरू सम्पर्कविहीन रहेका छन् ।

बाढी प्रभावित चुमनुब्री र धार्चे क्षेत्रमा नेपाली सेनाका ४ वटा हेलिकप्टर परिचालन गरी हालसम्म ३६ जनाको सकुशल उद्धार गरिएको छ । सेनाका अनुसार चुमनुब्री–३ जगतबाट ६ जना, न्याकफेदीबाट ९ जना, यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित ९ जना तथा धार्चेको पैयुँबाट १२ जनाको उद्धार गरिएको हो ।

बाढीले सो क्षेत्रका ७ देखि ८ वटा झोलुङ्गे पुल, गोरखा–आरूघाट जोड्ने पुलको एक भाग तथा आरूघाट गाउँपालिकाको फलामे पुल बगाएको छ । यस्तै, बूढीगण्डकी जलविद्युत् आयोजनाका निर्माण सामग्रीहरू बगाउनुका साथै माछाखोला पहुँच सडकमा क्षति पुगेको छ । बाढीको प्रभावका कारण धादिङका करिब १०० घरधुरीमा लेदो पसेको र २२ घर उच्च जोखिममा परेका छन् ।

हाल बाढीको बहाव क्रमैसँग सामान्य हुँदै गए पनि जोखिमयुक्त पुलहरूबाट आवतजावत नगर्न स्थानीय प्रशासन र प्राधिकरणले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  २ : ०६ बजे

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको