बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार « Khabarhub

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । चुमनुब्री गाउँपालिका-३ न्याकफेदीमा फसेका नौ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरेर न्याकगाउँ लगिएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रशाद शर्माले जानकारी दिए । 

उनका अनुसार धार्चे गाउँपालिका-१ यारुबगरमा फसेका एक विदेशी नागरिकसहित १८ जनाको पनि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

यारुबगरमा फसेका पर्यटक, स्थानीय र हाइड्रोपावरमा कार्यरत १८ जनालाई उद्धार गरी हुल्चुक गाउँमा लगिएको सहायक प्रजिअ शर्माले जानकारी दिए । बाढी प्रभावित क्षेत्र गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकामा सेनाको चार वटा हेलिकोप्टर परिचालन गरिएको उनले बताए ।

सहायक प्रजिअ शर्माका अनुसार आज बिहान उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ उङ्गिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले हालसम्म दुई मोटरेबल पुल र चार वटा झोलुङ्गे पुल बगाएको छ । 

बाढीले चुमनुब्री गाउँपालिकाको उङ्गिलुङ खोला क्षेत्रका चार वटा गोठ बगाएका छन् । यस्तै, बूढीगण्डकी किनारमा पर्ने सल्लेरी, घट्टेखोला, पैँयु, दोभान र बगरका करिब ५० घरमा क्षति पुर्‍याएको उनले जानकारी दिए ।

शर्माका अनुसार धार्चे गाउँपालिकाको माछिखोला, यारुबगर र दोभानका करिब ३५ घर र आरुघाट गाउँपालिकाको सोतीका करिब १५ घरमा क्षति पुगेको छ । 

बाढीका कारण उङ्गिलुङ गोठमा बस्ने पाँच जना र धाउनेमा बस्ने तीन घरका पाँच जना गरी १० जना सम्पर्कविहीन बनेका सहायक प्रजिअ शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ३ : २७ बजे

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको